सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आज



काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट आज सोमबार सार्वजनिक गर्ने भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आज अपराह्न संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।

गत वर्ष सरकारले १७ खर्ब ९३ अर्बको बजेट ल्याएकोमा मध्यावधि समीक्षामार्फत् बजेटको साइज कटौती गरी १५ खर्ब ४९ अर्बमा सीमित गरिएको थियो। अर्थमन्त्री महतले बजेटमा आर्थिक सुधारका कार्यक्रमहरु समेट्ने र स्रोत सुनिश्चित नभएका आयोजनाहरु कटौती गर्ने बुझिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्