ग्रामीण पत्रकार समूह वराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की



बराह क्षेत्र । ग्रामीण पत्रकार समूह वराहक्षेत्रले आफ्नो चौथो साधारण सभा सम्पन्न गरेर नयाँ कार्यसमिति चयन गरेको छ । आज भएको बन्द सत्रले हिरण्य कार्कीको नेतृत्वमा ७ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको निर्वाचन समितिका संयोजक भाषण राईले जनाए । अध्यक्ष कार्कीसँगै उपाध्यक्षमा कृष्णकुमार श्रेष्ठ (अर्जुन), सचिवमा सुबिन विश्वकर्मा, सहसचिवमा सुदन गुरागाईं, कोषाध्यक्षमा गङ्गाकुमारी भट्टराई रहेका छन् भने सदस्यहरूमा सिर्जना थापा र राजन घिमिरे छन् ।

समितिले केही समय अगाडि नै चौथो साधारण सभा सम्पन्न गरिसकेको भए पनि नयाँ कार्यसमिति चयन प्रक्रिया भने कारणवश आज (बुधबार) चक्रघट्टिमा भएको हो । कार्यक्रममा ग्रामीण पत्रकार समुहका संस्थापक अध्यक्ष एबम् नेपाल प्रेस युनियन सुनसरीका सचिव बाबुराम कार्की, संस्थापक सचिव अच्युत भट्टराई, मिडिया नेपाल कोशी प्रदेशका अध्यक्ष विजय राउत लगायतले नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासङ्घ महासङ्घका केन्द्रिय सदस्य भाषण राईको संयोजकत्वमा नवराज विष्ट र छबिना मगर सदस्य रहने गरी ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समिति संयोजक भाषण राईका अनुसार नयाँ कार्यसमिति राजनीतिक आस्थाको दृष्टिकोणबाट र समानुपातिक समावेशिताको दृष्टिकोण दुबैबाट ‘पर्फेक्ट’ रहेको छ । 
ग्रामीण क्षेत्रका पत्रकारहरूको छाता सङ्गठनको रूपमा कार्यरत यस संस्थाले पत्रकारको हकहितमा आवाज बुलन्द गर्दै आएको छ । जसअन्तर्गत ३० बढी सदस्यहरू छन् भने त्यसभित्र पनि १७ जना नेपाल पत्रकार महासङ्घका साधारण सदस्य छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्