अदालतको आदेश पछि सडक निर्माणमा अबरोध



गिरिराज नेपाली
दाङ, ४ चैत । घोराहीमा निर्माणाधिन चार लेन सडक कतै निर्माणको काम सकिएका छन । कतै निर्माणको काम धमाधम भर्ईरहेका छन । भने कतै अझै ठप्प छन । निर्माणका लागि गिट्टी बालुवा थुप्रिएका छन । तर निर्माणको काम हुन सकेको छैन । चार लेन सडक निर्माणाधिन स्थल घोराहीको लमही चोक र तुलसीपुरको अवस्था अझै अलमलमा छ । अदालतले दुवै क्षेत्रमा सडक निर्माणको काम रोक्न आदेश दिए पछि सडक निर्माणको काम पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन । जसका कारण सर्वसाधरणहरुले कष्टकर धुलाम्मे यात्रा गरिरहनु परेको छ । भने सडक डिभिजन र निर्माण कम्पनीले अदालतको आदेश लत्याउन पनि सकेको छैनन । जसका कारण दाङकै सदरमुकामको मुख्य चोक अलपत्र सडकका कारण कुरुप देखिने गरेको छ । भने धुलोको समस्या पनि वढ्दै गईरहेको छ ।


२०३५ ÷३६ सालमा स्तरोन्ती भएको लमही , घोराही तुलसीपुर सडकको कालोपत्रे सडक सिमाको विचोविच भाग वाट ३÷३ मिटर दायाँ वाया कालोपत्रे गरिएको छ २०७० ÷७१ चार लेन सडको नयाँ योजना संगै शुरु भएको चारलेन सडकले भर्खर विचोविच भागमा निर्माणमा तिव्रता पाएको छ । तुलसीपुर तर्फको चोक र लमही तर्फको चोक काम पूर्ण रुपमा बन्द छ । चार लेन सडकको योजना संगै सडक सिमा वाट १५÷१५ मिटर दाँयावाँया स्तरोन्नती गरिने भए पनि १५ मिटर भित्रमा व्यक्तिको जग्गा पर्ने भएको अदालतले सडक निर्माणको काम गर्न रोक्न निर्देशन गरेको छ ।

सडक डिभिजन कार्यालय दाङका अनुसार वादी लिलाराज अधिकारीको स्वामित्व रहेको कित्ता नं. ७०० को ०–०– ५ को जग्गामा निवदेकले घरपेटी देखी दक्षिण तर्फ ३० मिटर सडक जग्गामा पर्ने गरी छोडी घर बनाएको र सडक चापिएको नदेखिएकाले , आफ्नै जग्गामा वादी अधिकारीले घर बनाएकाले कालोपत्रेको केन्द्र (पहिलाको ३÷३ मिटर ) नाप गरी सडक चापिएको भन्ने कुरा कानुनगत न्याय सम्वत नभएको भन्दै निवदेनको माग वमोजीम घर भत्काउन नलगाउने ÷ नगर्ने भनि विपक्षका नाममा निषेधाज्ञा सर्वाेच्च अदालतका माननिय न्यायधिश राजेन्द्र प्रसाद कोइराला र प्रकाश वस्तीको इजालासले जारी गरेको छ । जसका कारण लमही चोकमा सडक काम गर्न नसकिएको डिभिजनले जनाएको छ । अदालतको फैसला लाई सडक डिभिजनले स्वीकार गरेकाले निमार््णको काम अन्यत्र सुचारु र्भ पनि घोराहीको मुख्य चोकको पूर्ण रुपम ठप्प छ । जसका कारण चोकको आवागमन र सर्वसाधरणको पैदल यात्रा निकै जोखिम पूर्ण बन्ने गरेको छ ।

त्यस्तै घोराही उपमहानगरपालिका १५ सावर्णी वहादुर बस्नेतले सडक निर्माण गर्दा आफ्नो स्वामित्व रहेको कि.न. २९३ ज.वि. ०–५–८ जग्गा सडकले दावेको भन्दै २०७३ु वैशाख २१ गते उच्च अदालतमा तुुलसीपुरमा उजुरी दर्ता गर्नुभएको थियो । उक्त उजुुरी माथि छानविन गर्दै न्यायधिश अग्नी प्रसाद थपिलिया र सुर्दशनदेव भाटको ईजलासले २०७४ भाद्र २८ निवदेक वस्नेतको स्वामित्व रहेको जग्गामा सडकले चापेकाले उक्त निर्माणको कार्य नगर्न आदेश दिए पछि उक्त तुलसीपुर चोक निर्माणका आधामै रोकिएका छ । जसका कारण तुलसीपुर चोक आधा सडकमै गुज्रिदै आईरहेको छ । अदालतको आदेशले पछि विकास निर्माण अलपत्र हुदा सर्वसाधरणको कष्टकरता छदैछ । विकासको काम समेत रोकिएको छ ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्री प्रसाद शर्माले चार लेन सडक तुलसीपुर चोक र लमही चोक वाहेक अन्य ठाँउमा काम भईरहेको छ । तर ति क्षेत्रमा अदालतको आदेश भएकाले काम गर्न नसकेको उहाँले बताउनुभयो । अदालतले निर्देशन गरेको कुरा पालन गरेको छौ । जसका कारण ति क्षेत्रको निर्माणको काम गर्न सकेको छैनौ । उहाँले भन्नुभयो – ‘ मुद्धा मालिला आदेश न्ीतिले काम रोकिए हो । ’ सडक र ठृेकेदारले काम रोकेका होइनौ । जसका कारण डिभिजनले पनि निर्माण कम्पनीहरुलाई पनि निर्देशन दिन सकेको छैन । उहाँका अनुसार जहाँ जहाँ काम गर्न सकिन्छ । त्यहाँ त्यहाँ निर्माण कम्पनीहरुल निर्माणमा तिव्रता दिएका पनि उहाँले बताउनुभयो । तर अदालतले रोकेको स्थानहरुमा जे गरे पनि काम गर्न नसकिने उहाँले बताउनुभयो ।

उक्त दुई क्षेत्रको निर्माणको जिम्मा लुम्वीनी जलजला जेभी र विजय विल्डर्स निर्माण कम्पनीको रहेको छ । भने तुलसीपुर चोकको उत्तर तर्फ देवा कुमारी डिसी (रजौरे ) , सुन्तली थरुनी , रवि कुमारी गुरुङ , हरि वहादुर डाँगी र सुरदापी चौधरीले २०७४ भदौ २९ गते निर्माणले जग्गा चापेको भन्दै निवदेन दर्ता गराएका थिए । भने उच्च अदालत तुलसीपुरले २०७४ पुष २८ गते आवश्यक कागजात पेश गर्न सडक डिभिजन लाई पत्राचार गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्