Banner First

दाङमा दलित भन्दै जातीय बिभेद गर्ने घरबेटी पक्राउ

By Saru Sunar

July 01, 2023

१६ असार, दाङ । दाङमा आफ्नो घरमा कोठा भाडामा बस्ने व्यक्तिलाई दलित भनेर विभेद गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पीडितको उजुरीको आधारमा प्रहरीले प्रहरीले घोराही उपमहानगरपालिका-१७ का ताराप्रसाद पोखरेललाई  पक्राउ गरेको हो । पोखरेलमाथि आफ्नो घरमा डेरामा बसेका अंगराज परियार र महेन्द्र बिश्वकर्मालाई जातकै आधारमा विभेद गर्दै कोठा छाड्न दबाव दिएको आरोप छ । परियारका अनुसार  दलित भएको थाहा पाएपछि शुक्रबार पोखरेलले कोठा छाड्न दबाबव दिएका हुन् ।

भाडामा बस्ने परियार र विश्वकर्माले शुक्रबार नै प्रहरीमा उजुरी दिएपछि प्रहरीले पोख्रेललाई नियन्त्रणमा लिएको छ । डीएसपी राजनकुमार गौतमका अनुसार पीडित पक्षको जाहेरी आएमा अनुसन्धान सुरु हुने५ ।

प्रेस सेन्टर नेपाल र दलित पत्रकार संघले परियार र विश्वकर्मामाथि भएको घटनाको बिरोध जनाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन् ।