स्थानीय तहमा दलीय हस्तक्षेप ? ‘विकासमा विवाद , गाउँसभामा अबरोध ’



सैघाली खबर

सिरहा, ४ चैत । आर्थिक वर्ष सकिन चार महिना मात्र बाँकी छँदा जिल्लाका औरही र भगवानपुर गाउँपालिकामा विकास गतिविधि ठप्प छ । स्थानीयमा निर्वाचित जनप्रतिनिधिहरु दलिय माष्टर डिजाईनमा सञ्चालनमा हुदा स्थानीय तहको काममा दलिय हस्तक्षेप वढ्ेको भन्न सकिन्छ । जनप्रतिनिधिबीचको व्यक्तिगत र दलीयटकरावकै कारण गाउँसभासमेत हुन सकेको छैन । जनप्रतिनिधि चुनिएको ७ महिना बित्दा पनि विकासनिर्माण अघि नबढेपछि स्थानीय आक्रोशित छन् ।

प्राविधिक कर्मचारी हाजिरीको विषयलाई लिएर औरही गाउँपालिकामा अध्यक्ष सिद्धार्थ यादव र उपाध्यक्ष सीतादेवी यादव पक्षबीच तीव्र विवाद छ । सिद्धार्थ माओवादी केन्द्र र सीतादेवीले संघीय समाजवादी फोरमबाट चुनाव जितेका हुन् ।

उपाध्यक्षले सब–ओभरसियर दिनेश यादवलाई गाउँपालिकामा हाजिरी गराएपछि अध्यक्षले विरोध जनाएका छन् । ‘विवादकै कारण प्रमुख प्रशासकीय अधिकृत नआउँदा गाउँपालिकाको प्रशासनिक कार्य महिनौं अवरुद्ध भयो,’ एक स्थानीयले भने, ‘केही दिनअघि गाउँपालिकाका नायव सुब्बा लक्ष्मण साहलाई अधिकृतको जिम्मेवारी दिएपछि प्रशासनिक कार्य सुरु भए पनि विकासनिर्माण ठप्पै छ ।’ सीतादेवीले बहुमत निर्णय लागू हुन नदिएर अध्यक्षले विवाद बल्झाउँदै लगेको र आफूहरूलाई कुनै काम पनि गर्न नदिएको आरोप लगाइन् । अध्यक्षले जिल्लाबाट पत्र लिएर आएका कर्मचारीलाई गाउँपालिकामा हाजिरी गराएको तर सब–ओभरसियर यादव आउँदा हाजिरी हुन नदिएको ४ नम्बर वडाध्यक्ष उपेन्द्रले यादवले बताए ।

 

त्यसैगरी भगवानपुरमा कार्यपालिकाबाट अध्यक्षको कार्यसम्पादन, कार्यविभाजन नतोकिएकाले गाउँसभा हुन सकेको छैन । गाउँपालिका अध्यक्ष बेचनप्रसाद यादवले कार्यपालिकामा बहुमत सदस्य एमालेका रहेको र उनीहरूले अध्यक्षको कार्यसम्पादन र कार्यविभाजन नियमावली बन्न नदिएको आरोप लगाए । ‘अध्यक्षको अधिकारअनुसार काम गर्नै दिएनन्,’ उनले भने ।

 

एमालेबाट निर्वाचित भगवानपुर गाउँपालिका–५ का वडाध्यक्ष अमरलाल यादव भने आफूहरू गाउँसभा गराउन तयार रहेको तर अध्यक्षको आफ्नै पार्टीको विवादले गर्दा हुन नसकेको बताए । स्थानीय तहमा विकासनिर्माणका लागि बजेट खर्चन पनि गाउँरनगरसभा अनिवार्य छ । सभाले पारित नगरेसम्म बजेट खर्चन पाइँदैन । जिल्ला समन्वय समितिका प्रमुख रामचन्द्र ठाकुरले औरही गाउँपालिकाको विवाद समाधानका लागि डेढ महिनाअघि दुवै पक्ष मिलेर तालमेल गर्न सुझाएको बताए । ‘हामीले मध्यस्थता गरेका हौं,’ उनले भने ‘दुवै पक्षलाई बोलाएर विवाद समाधानका लागि समय पनि तोकेका थियौं ।’

 

न्यायिक समिति गठन भएन
कल्याणपुर नगरपालिकामा नगरसभा सम्पन्न भए पनि न्यायिक समिति गठन हुन सकेको छैन । कार्यपालिकामा संयोजकबाहेक सदस्यहरूमा कसलाई पठाउने भन्ने विषयमा एमाले र राजपाबाट निर्वाचित जनप्रतिनिधिबीच विवादले समिति गठन हुन नसकेको हो । सहमति नभए केही दिनमै निर्वाचन प्रक्रियाबाट समिति गठनको तयारी भइरहेको उपमेयर रोहिनीदेवी यादवले जानकारी दिइन । न्यायिक समितिमा संयोजक उपमेयररउपाध्यक्ष र दुई सदस्य रहने प्रावधान छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्