धनगढीमाई न.पा.का स्वास्थ्य शाखा प्रमुखको दादागिरी स्वास्थ्यकर्मी महिलालाई दुर्व्यवहार



सिराहा लहान । सिराहाको धनगढीमाई नगरपालिकाको नयनपुर अस्पतालमा कार्यरत नेपाल सरकारको थाई कर्मचारी जनस्वास्थ्य निरीक्षक स्वास्थ्यकर्मी सलिना कुमारी महतोलाई स्वास्थ्य शाखा प्रमुख विश्वेश्वर प्रसाद यादवले स्वास्थ्य सेवा सरुवा ऐन नियमावलीमा २ बर्ससम्मको बच्चा रहेको महिला कर्मचारीलाई २ वर्ष भित्र सहमति बिना सरुवा वा काज सरुवा गर्न नमिल्ने व्यवस्था ऐनमा प्रस्ट पारेका छन्।

स्वास्थ्य शाखा प्रमुख विश्वेश्वर प्रसाद यादवले स्वास्थ्यकर्मी महतोलाई २०७९ भदौ ६ गते दुधे बच्चा अर्थात् सानो बच्चा रहेकै परिस्थितिमा बिना सहमतिको हनुमान नगर स्वास्थ्य चौकीमा काज फिर्ता गरी काम गरी रहँदा पुनः सरुवा गरेको हो।राजनीति पूर्वाग्रह भई गलत मन्साएले पटक पटक सरुवा गर्न लागेका छन्।काखे बच्चा लिए अप्ठ्यारो हुने र टाढा हुने स्वास्थ्य संस्थामा सरुवा गर्ने गरेका स्वास्थ्यकर्मी सलिना कुमारी महतोले आरोप लगाएका छन्।

पटक पटक ऐन विपरीत कार्य गर्दै आएको पीडित महतोले आरोप लगाएका छन्।महिला भएर आफूलाई हेला र अपमान गर्ने गरेको छ।स्वास्थ्य शाखा प्रमुख विश्वेश्वर प्रसाद यादव,राम शङ्कर चौधरी, रामबिलास चौधरी लगायतका निर्दै स्वास्थ्य कर्मी सहकर्मी सलिना कुमारी महतोलाई पटक पटक मानसिक तनाव दिने र दूर व्यवहार गर्ने गरेको छ।स्वास्थ्य शाखा जस्तो संस्थाको प्रमुख भएर भएर यस्तो किसिमको महिला माथि दूर व्यवहार गर्नु न्यायोचित नरहेको देखिन्छ।

यस्तो दूर व्यवहार गर्ने प्रमुख लगायतका अपमान गर्ने गिरोहलाई छानबिन गरी कानुनी कारबाहीको लागी पीडित महिलाले जिल्ला प्रशासन कार्यालय सिराहामा गुहार गरेका छन्। पीडित महिला न्यायको लागी धनगढीमाई नगरपालिकाको नगर प्रमुख शिवशङ्कर महतो उप-प्रमुख सङ्गीता चौधरी,प्रमुख प्रशास्किय अधिकृत गोपाल प्रसाद वगाले स्वास्थ्य शाखा प्रमुख विश्वेश्वर प्रसाद यादव समेत लिखित रूपमा न्यायको लागी निवेदन पेस गरे पनि कुनै चासो सुनवाइ नलिएको पीडित हरेस खाएर एक हप्ता धर्ना र अहिले कार्यालयमा अनसनमा बसेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्