Banner Second

गठबन्धनको सरकार पाँच वर्ष चल्नेमा कुनै शंका छैन : नेता निधि

By Thaha - Online

September 17, 2023

महेन्द्रनगर। प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको बताएका छन्।

जनकपुरधाममा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले गठबन्धनको सरकार पाँच वर्ष चल्नेमा कुनै शंका नरहेको बताए। ‘अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्छ। यसमा कुनै द्विविधा नराखे हुन्छ,’ नेता निधिले भने, ‘पूर्वसहमति अनुसार नै सरकारको नेतृत्व परिवर्तन हुनसक्छ।’

वर्तमान गठबन्धनमा हेरफेरको कुनै सम्भावना नरहेको उनको भनाइ थियो। राजनीतिक स्थायित्वका लागि पनि अहिलेको सरकार पाँच वर्ष चल्नुपर्नेमा जोड दिए। राजनीतिक प्रक्रियामा दलहरू जुट्नु, फुट्नु, मोर्चा बनाउनुलगायत कुरा सामान्य भएको उनको भनाइ थियो। विकास निर्माणका कार्यमा खुट्टा तान्ने प्रवृत्ति अन्त्य गर्दै सबैलाई एकजुट भएर अघि बढ्न नेता निधिले आग्रह गरे।