नेपाल शिक्षक महासङ्घ कपिलवस्तुको प्रेस विज्ञप्ति , सहयोग गर्न सबैमा अपिल



कपिलवस्तु । नेपाल सरकारले सङ्घीय संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका कतिपय व्यवस्थाको विरोध गर्दै देशैभरका शिक्षकहरू आन्दोलनमा उत्रने भएका छन्।

विगत एक महिनादेखि स्थानीय तह र प्रदेशमा आन्दोलन गरेका शिक्षकहरूले असोज ३ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुनका का लागि नेपाल शिक्षक महासङ्घ कपिलवस्तुले पनि प्रेस विज्ञप्ति निकालेको छ ।

यस बाट सिर्जना हुने परिमाणप्रति सरकार नै जिम्मेवार हुने कुरा पनि जानकारी गराउन चाहन्छौँ । साथै नेपाली शिक्षक कर्मचारीका न्यायिक माग मुद्दाहरू ऐन मार्फत सम्बोधन गराउन सहयोग समर्थन तथा ऐक्यबद्धता व्यक्त गरिदिन हुन हामी विद्यार्थी , अभिभावक ,शिक्षा प्रेमिहरु , स्थानीय सरकार , शिक्षा सरोकार समूहहरू , पत्रकार मित्रहरू लगायत आम जनसमुदायहरूमा हार्दिक अपिल गर्नुहोस् ।

विद्यार्थी वर्गमा पर्ने सिकाइको असरलाई बिदाका दिनहरूमा व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दैछौं । साथै मिति २०८० असोज २ गते शिक्षा दिवसका अवसरमा सञ्चालन हुने कुनै पनि कार्यक्रममा शिक्षक कर्मचारीहरूले सहभागिता नजनाउनु हुन समेत अपिल  गर्दछौँ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्