कृष्णनगर नगरपालिकाका शिक्षकहरू आन्दोलित , माग पुरा नभए सम्म आन्दोलन नरोक्ने (तस्बिर सहित) 



कृष्णनगर । नेपाल सरकारले विद्यालय शिक्षा विधेयक संसदकाे सचिवालयमा दर्ता गराएपछि नेपाल शिक्षक महासङ्घले आफ्नो माग राख्दै  देशभरका शिक्षक र कर्मचारीहरू काठमाडौं केन्द्रित  विधेयकको विरुद्धमा आन्दोलन सुरु गरेका छन् ।

काठमाडौं जान नसकेका शिक्षक र कर्मचारीहरूले आफ्नो माग राख्दै स्थानीय तहमा आन्दोलन सुरु गरेका छन् । त्यही क्रममा कृष्णनगर नगरपालिकाको बहादुरगंज र कृष्णनगर नगरपालिकाको अगाडि पालिकाका सम्पूर्ण शिक्षक र कर्मचारीहरूले आफ्नो माग राख्दै विद्यालय शिक्षा विधेयक जलाएर विरोध गरेका छन् ।

विरोध कार्यक्रममा शिक्षक र कर्मचारीहरूले  शिक्षकको अधिकार सुनिश्चित गर , शिक्षक एकता जिन्दाबाद , हाम्रो मान स्वाभाविक हामीलाई प्यारो छ , शिक्षा माफिया मुर्दावाद , शिक्षक प्रति विभेद अन्त्य गर , शिक्षकको पेसागत अधिकार सुनिश्चित गर र शिक्षक ज्ञानको ज्योति हो , ज्ञान वाड्ने मोती हो भन्ने लगायतका नारा लगाएका थिए ।

उक्त कार्यक्रम शिक्षक महासङ्घको संयोजक र कृष्णनगर नगरपालिका भित्रका सम्पूर्ण शिक्षक र कर्मचारीहरूको आयोजक भएको हो ।

शिक्षक र कर्मचारीको माग पूरा नभए सम्मा आन्दोलन चालू रहने र विद्यालय पनि बन्द रहनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्