मुख्य समाचार

आइतबार ४ सय ३४ स्थानीय तहमा उमेद्वार मनोनयन हुने

By थाहा अनलाइन

June 17, 2017

असार ३ असार १४ गते हुन गइरहेको स्थानीय तह दोस्रोचरणको निर्वाचनका लागि आइतबार ३सय ३४ स्थानीय तहमा उमेद्वार मनोनयन हुने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगले प्रदेश नम्बर २को निर्वाचन स्थगीत भएको र प्रदेश नम्बर १, ५ र ७ मा निर्वाचनको सम्पूर्ण तयारी सकिएको जनाउदै भोलि देखि मनोनयन सुरु हुने जनाएको हो। सरकारको निर्देशन अनुसार प्रदेश नम्बर २को निर्वाचन असोज २ गते हुने आयोगले जनाएको छ।

शनिवार पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले दोस्रोचरणको निर्वाचनको सम्पूर्ण काम सकिएको, आइतबार देखि मनोनयन सुरु हुने बताउँदै निर्वाचन सफल पार्न सबैलाई आग्रह गरे।

दोस्रोचणको स्थानीयतह निर्वाचनमा प्रदेश नम्बर १,५ र ७का ३ सय ३४ निकायको चुनाव हुने छ। एक महानगरपालिका, सातवटा उपमहानगरपालिका,१सय ११ वटा नगरपालिका र २१५ वटा गाउँपालिकाको चुनाव असार १४ गते हुने छ।

यी सबै स्थानीय निकायमा ६४ लाख ३२ हजार ७ सय ६५ मत दाता र भने १५ हजा ३८ प्रतिनिधि छन्। यहाँ ४ हजार ५ सय ८१ मतदान स्थल र ८ हजार ३ सय ६४ मतदानकेन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ।

दोस्रोचरणको निर्वाचनमा सुरक्षाकर्मी बाहेक ६६ हजार ९ सय कर्मचारि खटिने छन्।