बझाङ । स्थानीय तह कर्मचारी सङ्घर्ष समिति बझाङले ज्ञापन पत्र बुझाएको छ । आज एक कार्यक्रमका साथ जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई स्थानीय तह कर्मचारी सङ्घर्ष समिति बझाङले ज्ञापन पत्र बुझाएको हो ।
प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननीय प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिहदरवारमा बुझाएको थियो । ज्ञापन पत्रमा लेखिएको छ । नेपालको संविधानले स्थानीय तहलाई स्थानीय सरकारको रूपमा परिकल्पना गरेको छ । सोही अनुरूप लोकतन्त्रको आधारभूत तहको रूपमा स्थानीय सरकार सञ्चालनमा देखिन्छ ।
सरकारले स्थानीय तहमा सरकारको अनुभूति भएको भएता पनि कर्मचारीहरूका थुप्रै माग पूरा हुन नसकेकोमा असन्तुष्टि जनाउँदै ज्ञापन पत्र बुझाएको सङ्घर्ष समिति अध्यक्ष झलक दाैल्यालले बताए । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पनि स्थानीय तह मातहतकाे हुनुपर्ने र अन्य ऐनमा सबै हक अधिकार समेटिनु पर्ने सर्घष समिति बझाङले जनाएको छ ।
आज बुझाएको ज्ञापन पत्रमा १९ बुँदे मागहरू रहेका छन् । समितिले आज बाट आन्दोलनमा रहेको जनाएको छ । माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी दिनु भयो । यता प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने,हामी सबै कर्मचारी भएको भएर जनतालाई मारमा नपर्ने गरी आन्दोलन गर्न निर्देशन दिएका छन् । देश ब्यापि रुपमा आन्दोलन जारी रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।