सांसद तथा गुण्डानाइके दिपक मनाङे विरुद्ध रेडकर्नर नोटिस जारी



ज्यान मार्ने उद्योगमा अदालतबाट सजाय पाएर फरार रहेका गुण्डा नाइके राजिव गुरूङ उर्फ दिपक मनाङे विरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलमा रेड कर्नर नोटिस जारी गरिएको छ ।
मनाङको प्रदेशसभा क्षेत्र नम्बर ख बाट विजयी दिपक मनाङे विरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएको छ ।
२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो ।

सर्वोच्च अदालतले गत माघ २ गते पुनरावेदन अदालत पाटनकै फैसलालाई सदर गरेपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्