टप फिचर

धादिङमा जीप दुर्घटना : एकको मृत्यु

By Thaha - Online

October 15, 2023

धादिङ। धादिङ्को गंगाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार जीप दुर्घटना हुँदा गंगाजमुना गाउँपालिका–२ का १४ वर्षीय अनुरोध तामाङको मृत्य भएको हो।

दुर्घटनामा घाइते हुनेमा ३५ वर्षीय आकाश तामाङ, २२ वर्षीय साजन तामाङ, ३५ वर्षीय अनुप तामाङसहित दुई बालक घाइते भएका छन्।घाइतेहरुको गुम्दी स्वास्थ्य चैकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङ्का प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार धादिङ्बेसीबाट रिगाउँको तावल जाँदै गरेको मे १ ज २६६९ नंम्बरको जीप आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो। ईलाका प्रहरी कार्यालय फुलखर्कका प्रहरी टोली र स्थानीयले घटनास्थलमा उद्धार गरेका थिए।