Banner First

सेयर बजार फेरि ओरालोतिर, १२ अंकले घट्यो नेप्से

By Thaha - Online

January 17, 2024

काठमाडौं। सेयर बजार परिसूचक आज ओरालो लागेको छ। दिनभरजसो नेप्से परिसूचक तीव्र उतारचढावपूर्ण हुँदै १२.१० अंकले घटेको हो। यससँगै नेप्से परिसूचक २१६३.०६ विन्दुमा झरेको छ।

बुधबार १८० कम्पनीको सेयर घट्यो भने ६३ कम्पनीको सेयर बढ्यो। चार कम्पनीको सेयर स्थिर रह्यो। बुधबार तीन करोड ३५ लाख २५ हजार ७ सय २ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८ सय ६८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्सेका तीन वटै सूचक घटेर राताम्मे भएको छ। सेन्सेटिभ सूचक १.११ अंकले घट्यो भने फ्लोट सूचक ०.७३ अंकले घट्यो। सेन्सेटिभ सूचक ०.४५ अंकले घट्यो। नेप्सेका १३ उपसूचकमध्ये बुधबार ९ उपसूचक घट्यो भने चार उपसूचक बढ्यो।

बुधबार बढ्ने उपसूचकमा अन्यतर्फ रह्यो। सो उपसूचक ३२.६३ अंकले बढ्यो। त्यसैगरी माइक्रोफाइनान्सतर्फको उपसूचक ११.४१ अंक र विकास बैंकतर्फको उपसूचक पनि ८.३९ अंकले बढेको छ। बुधबार सबैभन्दा धेरै घट्न उपसूचकमा जीवनबीमातर्फ रह्यो। सो उपसूचक १३२.९६ अंकले घटेको छ। त्यसैगरी उत्पादन तथा प्रशोधनतर्फको उपसूचक पनि १२०.५० अंकले घटेको छ।

होटल तथा पर्यटनतर्फको उपसूचक ८०.९१ अंक र जलविद्युत्तर्फको उपसूचक पनि ७७.०३ अंकले घट्यो। बुधबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा ग्लोबल आइएमई लघुवित्त कम्पनी र नेपाल वायरहाउजिङ कम्पनी रह्यो। ती दुवै कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। त्यसैगरी हिमालयन रिइन्सुरेन्स कम्पनीको सेयर ९.९९ प्रतिशत र गरिमा डिबेञ्चर कम्पनीको सेयर पनि ९.८९ प्रतिशतले बढ्यो।

बुधबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा इष्र्टन हाइड्रोपावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी रह्यो। ती दुवै कम्पनीको सेयर १० प्रतिशतले घटेको छ। त्यसैगरी मुक्तिनाथ कृषि कम्पनीको सेयर ९.९५ प्रतिशत र डोल्टी पावर कम्पनीको सेयर पनि ८.६५ प्रतिशतले घटेको छ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३१.६२ अंकले बढेर २१२०.६२ विन्दुमा पुगेको थियो। सो दिन २२१ कम्पनीको सेयर बढ्यो भने ३३ कम्पनीको सेयर घट्यो। तीन कम्पनीको सेयर स्थिर रह्यो।

आइतबार एक करोड ६६ लाख पाँच हजार दुई सय ३४ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ४५ करोड चार लाख २१ हजार ८०६ रुपैयाँको सेयर कारोबार भयो। साताको दोस्रो कारोबार दिन मंगलबार सेयर मापन गर्ने परिसूचक नेप्से ५४.५४ अंकले बढेको थियो।

सो दिन दुई करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच हुँदा आठ अर्ब दुई करोड ३८ लाख ६२ हजार ४०६ रुपैयाँ बराबरको सेयर कारोबार भयो। मंगलबार २१४ कम्पनीको सेयर बढ्यो भने ३१ कम्पनीको सेयर घट्यो। दुई कम्पनीको सेयर स्थिर रह्यो।