सैघाली खबर,
घोराही ४ चैत्र।
दाङ जिल्लामा पछिल्लो समय पुरुष पिडितहरुको संख्यामा पनि बृद्धि हुन थालेको न्यायिक समिति दाङले जनाएको छ ।
घोराही उपमहानगरपालिका,नगर कार्यपालिका कार्यालयको न्यायिक निकाय मार्फत अधिकांश मुद्धाहरुको संख्यामा बृदि हुदै जादा पछिल्लो समय पिडित पुरुषहरुले आफना पिडाहरु लियर आउन थालेको घोराही उपमहानगरपालिका–का उपप्रमुख तथा न्यायिक समितिका संयोजक सिता सिग्देल न्यौपानेले बताउनुभयो ।
पितृसत्तात्मक समाजको धारणा अनुसार,पुरुषले आफना समस्याहरु समाजका अगाडी वर्णन गरेमात्र पनि कमजोर पुरुषको उपाधि मिल्ने भएकाले अधिकांश पुरुषहरुले आफना समस्याहरु आफैभित्र नै लुकायर राख्ने गरेकोमा पछिल्लो समय बैदेशिक रोजगारमा गएका अधिकांश पुरुषहरुले नै सम्पति हिनामिना देखी आफुहरु हिंसामा परेको २५प्रतिशत घटनाहरु न्यायिक समितिमा दर्ता गरेको न्यायिक समितिका संयोजक न्यौपानेले बताउनुभयो ।
यसैगरी न्यौपानेका अनुसार,आर्थिक वर्ष २०७४÷२०७५को फाल्गुण मसान्तसम्म उपमहानगरको न्यायिक समितिमा बिबिध शिर्षकमा गरी ११४वटा मुद्धाहरु दर्ता भएतापनि ४७वटा मुुद्धाहरु भने टुङिएको न्यायिक समितिका संयोजक न्यौपानेले बताउनुभयो । महिला हिंसाका घटनाहरुमा आवाज उठाईरहदा पुरुष हिंसा र पिडाका घटनाहरु पनि बिस्तारै बाहिर आउन थालेपछि भने अब समाज कतातिर जादै छ भन्ने चिन्तन रहेको न्यौपानेले बताउनुभयो ।
संकल्प महिला संचार संस्थाको आयोजनामा आज घोराही उपमहानगरपालिकाको कार्यालयमा भएको न्यायिक समितिका संयोजक सँगकोे छलफल कार्यक्रममा उक्त कुराको जानकारी भएको हो ।
यसैगरी आजसम्म न्यायिक समितिमा लेनदेन,जग्गा विवाद,कुलो नालापानी,लिखित बदर,भरभाडा,बाताबरण,गाली बेईज्जत,अंश,सम्बन्ध बिच्छेद,कुटपिट र अन्य किसिमका मुद्धाहरु नै न्यायिक समितिमा दर्ता हुने गरेको न्यायिक समितिले जनाएको छ ।
संकल्प महिला संचार संस्थाका अध्यक्ष बसुन्धरा गौत्मको अध्यक्षता तथा घोराही उपमहानगरपालिका–का उपप्रमुख तथा न्यायिक समितिका संयोजक सिता सिग्देल न्यौपानेको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका उपाध्यक्ष माया पोख्रेलको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा पत्रकारहरु शुसीला वली,सन्ध्या रेग्मी,रोशनी मल्ल,देवी भण्डारी,सपना बोहरा,बिमला घर्ति,समिक्षा गाहा,सबिता चौधरी,शुसीला पौड्ल लगायतले न्यायिक समितिका संयोजक न्यौपानेलाई दर्ताहुने घटना,प्रकृति र दर्तापछिको अवस्था लगायतका विषयमा जिज्ञासा राख्नुभयो थियो । संकल्प महिला संचार संस्थाका सहसचिब पार्वती बस्नेतले धन्यावाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजीकरण संस्थाका सचिब शुलोचना गौत्मले गर्नुभएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।