मुख्य समाचार

विप्लव माओवादी कार्यकर्ताहरु द्वारा निर्वाचन सामाग्री लुटपाट

By थाहा अनलाइन

June 17, 2017

आषाढ ३ , दाङ ।  नेपाल कम्यूनिष्ट पार्टी विप्लवका कार्यकर्ताले निर्वाचन सामाग्री लुटेका छन् । शान्ति नगर गाउँपालिका वडा नं. ३ भलानेटी भन्ने गाउँमा शनिवार विहान आधा दर्जनको संख्यामा रहेका विप्लबका कार्यकर्ताले निर्वाचन सामाग्री लुटेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी सहायक निरिक्षक टेकबहादुर भुसालले जानकारी दिएका छन ।

निर्वाचन शिक्षा दिन त्यहाँ पुगेका गिता भण्डारी र विमला केसीको साथमा रहेका निर्वाचन सामाग्री मुख छोपेर आएका विप्लवका कार्यकर्ताले लुटेर लगेको भूसालले बताए । दुई वटा झोला , हातेपुस्तिका , नामावली पुस्तिका , क्रम संख्या कपि, मतदाता नामावली, विभिन्न चेतनामुलक सामाग्री , आचारसंहिता, नमुना मतपत्र लगाएतका सामाग्री लुटेर लगेको प्रहरीले बताएको छ । मतपत्र लुट्नेहरुको खोजि कार्यका लागि ईलाका प्रहरी कार्यालयले तुलसीपुरले प्रहरी परिचालन गरेको जनाएको छ ।