समाज

प्रतिनिधि सभा सदस्य फारुकीले दिए ईदको शुभकामना

By Ajay Mishra

April 11, 2024

 

कपिलवस्तु, चैत्र २९

प्रतिनिधि सभा सदस्य सेराज फारूकीले स्लाम धर्मावलम्वीहरुको ठूलो पर्व ईद (इद–उल–फित्र) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै गरेका छन् ।

शुभकामना सन्देश दिदै फारूकीले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको भन्दै विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै नेपालको पहिचान भएको बताए । बहुधर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् । उहांले नगरवासी, क्षेत्रवासी, कर्मचारी, विद्यार्थी, जनप्रतिनिधि, राजनीतिज्ञ लगायत स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलंबी लगायत सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।