सरु सुनार – न्युन्यूह्यामसर अमेरिका ,न्यु हाम्सायर दिदिबहिनी समूहले आमाहरूलाई संमान गर्दै मनायो मातातिर्थ औंसी ग्रुपले मे ११ सनिवारका दिन होक्सेटको एक हलमा विशेष कार्यक्रम गरि माता तिर्थ औंसि , आमाको मुखहेर्ने दिन happy mothers day मनाएको छ|
दिदि बहिनि समूहको अध्यक्ष किरण ग्रुअध्यक्षतामा मनाएको उक्त कार्यक्रममा प्रमुख अतिथि आमाहरु मध्यकै जेष्ठ आमा उमेर उनान्नब्बे बर्षको पदमा कुमारी गुरुङको आतिथ्यतामा भएको थियोे । कार्यक्रममा न्यु हाम्सायर नेपाली समाजका अध्यक्ष लाक्पा सेर्पा , एनआरएन न्यू हाम्सायरका प्रतिनिधि लगायत विभिन्न क्षेत्रका दिदिबहिनी साथै जेष्ठ आमाहरुको बाक्लो उपस्थिति रहेको थियोे ।
नेपाली र अमेरिकन रास्ट्रिय गित बजाएर कार्यक्रमको उद्घाटन भएको थियोे ।कार्यक्रम संचालन दिदिबहिनी समूहको महासचिव प्रतिष्ठा गुरुङले गर्नु भएको थियोे । कार्यक्रमका अतिथि न्यु ह्यम्सायर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पाले आमाहरुको संमान र सम्झना गर्दै आफ्नो जीवनमा समेत ३ आमाहरुको विशेष भुमिका भएको भन्दै हरेक ब्यक्तिको पछाडि आमाको भुमिका अतुलनीय भएको प्रंसग ब्याख्या गर्नु भयो दिदिबहिनी समूहको सल्लाहकार सुन्दरि गुरुङले आज भन्दा १५ बर्ष अगाडि मदरलासा ( जेसिका गुरुङ ) ले स्थापना गरेको दिदिबहिनी समूह अहिलेसम्म नेपाली दिदिबहिनीहरुलाइ एकजुट गराइ , नारि दिबश , तिज , आमा औसि जस्ता कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भयो ।
कार्यक्रममा गायिका पबिता परियार श्रेष्ठले आमा सम्बन्धि गित सुनाउनु भएको थियोे । दिदिबहिनी समूहकि अध्यक्ष किरण गुरुङले दिदिबहिनीहरुलाइ एक जुट गराउदै ब्यक्तिगत खर्च र सहयोगीमनहरुको सहयोगबाट आजसम्म दिदिबहिनी समूह चलाइरहेको बताउनु भयो । ग्रुपको कुनै मुख्य आर्थिक श्रोत नभए पनि बेला बेलामा लयर , प्रशासनसंग सग विभिन्न नेपालीहरुलाई जनचेतना कार्यक्रम समेत चलाएको बताउनु भयो । आगामी अगस्ट २४ मा समेत कन्कटमा तिज कार्यक्रम गर्न लागेको जानकारी बताउनु भयो ।
कार्यक्रममा ६५ बर्ष भन्दा माथिका आमाहरुलाई खाँदा ओढाएर उपहार सहित समान गरिएको थियोे । साथै दिदीबहिनी समूह स्थापनाकार जेसिका गुरुङलाई दिदिबहिनी समुहको अध्यक्षले खादा ओढाएर समान गर्नु भएको थियोे । समान पछि गुरुङले आफुले स्थापना गरेको समुह आजसम्म निरंतरता दिदै यहासम्म आएकोमा खुसि व्यक्त गर्दै आफु भोलिमा भन्दा काममा बिश्वास गर्ने हुँदा समुहलाईअगाडि बढाउन आफु सधैं तप्पर रहेको बताउनु भयो ।
कार्यक्रमका तस्बिरहरु :-
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।