राष्ट्रियसभा उपाध्यक्षमा दाहाल विजयी



सेघाली खबर,
घोराही, ४ चैत्र । राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी शशीकला दाहाल चयन हुनुभएको छ । संघीय संसद भवनमा आज बसेको बैठकले दाहाललाई बहुमतले विजयी भएको घोषणा गरेको हो । उपाध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेपछि मतदान भएको हो ।

कांग्रेसकी विन्दादेवी आले रानाको पक्षमा ११ मत र विपक्षमा ४५ मत परेको थियो । आलेले प्राप्त गरेको मत राष्ट्रिय सभाका सम्पुर्ण सदस्यको बहुमत नपुगेकाले वामगठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार शशीकला दाहाल ४५ मत ल्याएर बिजयी हुनुभयो । उहाँको पक्षमा ४५ र विपक्षमा ११ मत परेको थियो । राष्ट्रिय सभाको अर्को बैठक चैत्र १३ गते १ बजेका लागि बोलाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्