एघारौँ अधिवेशन तथा व्यापारी हरूको समस्या बारे कृष्ण नगरमा वृहत् छलफल  



कृष्ण नगर ।  उद्योग वाणिज्य सङ्घ कृष्ण नगरले  आज राखेको अनाैपचरिक भेलामा आउँदो एघारौँ अधिवेशन सर्वसम्मत मै गर्ने वक्ताहरूले जोड दिएका छन्  । 
कृष्ण नगर क्षेत्रका स्थानीय व्यापारी, जनप्रतिनिधि  , समाजसेवीको अनौपचारिक भेलाले उद्योग वाणिज्य सङ्घ कृष्णनगरकाे अधिवेशन सहमतिमा गर्ने जोड दिएका हुन । 
    छलफलका क्रममा अधिकांश वक्ताले नयाँ कार्यसमिति चयन सहमति  मै गर्न सुझाव दिएका थिए । 

  देशको आर्थिक अवस्था स्थिर नरहेकोले सटर भाडा समेत तिर्न नसकेको अवस्था देशै भरि रहेकोले अनावश्यक खर्चबाट बच्न सङ्घको कार्यसमिति चयन निर्वाचनमा जानुभन्दा भन्दा सहमति मै जाँदा बेस हुने नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद अभिषेक प्रताप शाहको भनाई थियो । कार्यक्रममा बोल्दै पूर्व सांसद शाहले व्यापारी वर्ग सङ्घलाई राजनीतिकरण गर्नुभन्दा कृष्ण नगर बजारलाई सजीव बनाउनेतिर लाग्नुपर्ने सुझाव दिएका थिए । 

दुई वर्ष कोरोना लकडाउनका कारण पाँच वर्षसम्म लम्बिएको  वर्तमान कार्यसमितिले व्यापारीका हकहितमा वकालत गर्ने तथा बजार संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको अध्यक्ष राम कुमार गुप्ताले बताउनुभयो । उनले २०७६ को अधिवेशनमा निर्वाचित भएपछि अहिलेसम्म भवन मर्मत , गल्ला व्यापारीको समस्या लगायत सङ्घको निल  खाता रहेकोमा अहिले ५० लाखभन्दा माथि रकम जमा गरिएको छ। सो रकमलाई टेन्डरका माध्यमले भवनको विस्तृतीकरण गरिने अध्यक्ष गुप्ताले बताउनुभयो । साथै उनले साधारण सभापछि नयाँ कार्यसमिति चयन गर्न सर्व सहमति मै जान जोड दिएका थिए ।

केन्द्रीय सदस्य जमशेर अलि मियाँले सङ्घको समिति चयन लोकतान्त्रिक पद्धति अनुसार  सहमति नहुन सके निर्वाचनमा जान सकिने बताउनुभयो । उनले व्यापारीहरू बिच आपसी द्वन्द्व निम्ताउनुभन्दा सहमति मै कार्यसमिति चयन गरी कृष्ण नगर बजारलाई उकास्न लाग्नु पर्ने आग्रह गरेका हुन ।

कार्यक्रममा पूर्व अध्यक्ष गुरु शरण सिंह, विजय कनाेडिया , उद्योगी राजेन्द्र केडिया , शिवप्रसाद जयसवाल,पवन अग्रवाल, आशु कन्छल, अजित सिंह , अशिष अग्रवाल, असलम खान, तुफैल खां , रामसेवक यादव, सुशील श्रीवास्तव,  दिनेशचन्द्र गुप्ता लगायतका व्यापारी भद्रभला बुद्धिजीवीकाे उपस्थित थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्