मानसिक स्वास्थ्य सेवा तथा योग ध्यान दुई दिने कार्यक्रम कृष्णनगरमा सम्पन्न



कपिलवस्तु | कपिलवस्तु आयुर्वेद स्वस्थ केन्द्रको आयोजना तथा नागरिक आरोग्य सेवा केन्द्र कृष्ण नगरको समन्वयमा कृष्ण नगर् नगर पालिका अन्तर्गत राम जानकी मन्दिरमा दुई दिवसीय मानसिक स्वस्थ सेवा तथा योग ध्यान कार्यक्रम सम्पन्न भएको छ।

वार्ड नं २ को वडाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा तथा विभिन्न वार्डका जन प्रतिनिधि, नागरिक अभियन्ता  , तथा समाज सेवी बुद्धिजीवी र   शिक्षक लगायतको उपस्थितिमा  योगाभ्यास क्रियाकलाप सहित मनोरोग नियन्त्रणका लगी जीवन शैली परिवर्तन लगायतका प्रशिक्षण  लुम्बिनी आयुर्वेदका चिकित्सक डा प्रवेश श्री वास्तव  , कपिल वस्तु आयुर्वेद का प्रमुख डा नलिन नाथ तिवारी, डा आशीष चौधरी वरिष्ठ कविराज हरी लाल उपाध्याय नागरिक आरोग्य सेवा केन्द्र का कविराज डा नागेश्वरी मिश्र लगायतले मनोरोग लगायत दीर्घ कालीन न सर्ने रोगको अवस्था नियन्त्रणको उपाय स्वस्थ जीवन शैली   दिनचर्या  तथा योग ध्यान सत्कर्म सन्तोष, सत्वृतिको पालनमा जोड़ दिनुपर्ने सहभागी माझ जानकारी गराएका थिए।

कार्यक्रम समापनको अवसरमा वरिष्ठ शिक्षक श्री मुन्नालाल श्री वास्तव,  नागरिक अभियन्ता विनय गिरी ,नगर प्रवक्ता हरिपाल चतुर्वेदी, नागरिक अभियन्ता विनय शर्मा, लगायतका वक्ताले आफ्नो जीवन  उत्पन्न दीर्घ कालीन रोग नियन्त्रणमा योग, तथा आयुर्वेदले खेलेको भूमिकाको अनुभव तथा  योग ध्यान अपरिहार्यता बारे प्रष्ट पर्नु भयो तथा वार्ड अध्यक्ष कृष्ण कुमार गुप्ताले कार्यक्रम समापनको अवसरमा बोल्दै यस्ता कार्यक्रम सप्ताह व्यापी रूपमा सञ्चालनको आवश्यकता औल्याउदै अगामी दिनमा आफ्नो वार्ड बाट सञ्चालनको प्रतिबद्धता व्यक्त गर्नुभयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्