बझाङ प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न 



बझाङ। समुदाय साझेदारी कार्यक्रम मार्फत जिल्ला प्रहरी कार्यालय बझाङले नागरिक सुनुवाइ कार्यक्रम गरेको छ ।

आज जिल्लाको सदरमुकाम चैनपुरमा रहेको जिल्ला समन्वय समितिको सभा हलमा कार्यक्रम सञ्चालन भएको हो । जनसमुदाय र प्रहरी बिचको साझेदारी र प्रहरीले यो ३ महिनामा गरेका कामहरूको पन्तका प्रतिफल बारे जानकारी गराउनु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भरतबहादुर शाहले अहिलेसम्म प्रहरीले नागरिकको बिचमा खेलेको भूमिका र बालविवाह बहुविवाह महिला हिंसा सम्बन्धी सञ्चालन गरेको कार्यक्रम बारे जानकारी गराउनु भएको हो ।


प्रस्तुति गरिएकोमा  हाल सम्म बझाङ जिल्लामा प्रहरी नागरिक सुनुवाइ कार्यक्रम प्रहरीले ३२ ठाउँमा काम गर्नु पर्ने भएको छ भने जम्मा प्रहरी सङ्ख्या ३८३ दरबन्दी रहेकोमा हाल सम्म जिल्ला ३६३ जना मात्र उपस्थिति रहेको बताउनु भयो ।

समुदाय साझेदारी कार्यक्रम शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि भन्ने मूल नाराका साथ डिएसपी भरतबहादुर शाहले नागरिकले उठाउनु भएको जनगुनासाको जवाफ दिनु भएको थियो भने,प्रमुख जिल्ला अधिकारी विश्व मित्र कुइँकेलले प्रशासनले गर्नुपर्ने भूमिका बारे जानकारी गराउनु भएको थियो । नागरिक र प्रहरी मिलेर काम गर्नु पर्ने र गरिरहेको प्रहरीको भनाइ छ । कार्यक्रममा जय पृथ्वी नगरपालिका मेयर चेतराज वजाल उपमेयर सुरत सिंह नागरिक समाज पत्रकार सरोकारवालाको उपस्थिति रहेको थियो कार्यक्रम सञ्चालन राष्ट्रिय अनुसन्धान बझाङका डिएसपी गोविन्द पाण्डेले गर्नुभएको थियो ।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्