प्राण प्रतिष्ठा महोत्सवको शोभा यात्रा कृष्णनगरमा सम्पन्न



कपिलवस्तु, अषाढ २२ | कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज प्राण प्रतिष्ठा महोत्सवको शोभा यात्रा कृष्णनगरमा सम्पन्न भएको छ। 

मारवाडी सेवा समितिको आयोजना तथा श्याम भक्त मंडलको संयोजकमा शोभा यात्रा निकालिएको जानकारी आशु कंछलले दिए। 

भव्य प्राण प्रतिष्ठा महोत्सव ६,७,८ जुलाईमा श्री श्याम बाबा एवम् नव निर्मित मन्दिर माँ काली जी, श्री लक्ष्मी नारायण भगवान्, श्री हनुमान जी, लगामतको मूर्ति हरूको प्राण प्रतिष्ठा हुने जानकारी गराइएको छ। 

रानी सती मन्दिर( पडाव) बढ्नी बाट निकालिएको शोभा यात्रा गोल बजार, माल गोदाम रोड हुँदै कृष्णनगर बजार नगर परिक्रमा गरी लक्ष्मी नारायण मन्दिरमा शोभा यात्रा समापन भएको थियो। 

मनोज कानोडिया,राजकुमार टिबडेवाल, मनीष सिंघल, विक्रम सिंघल, राम अवतार अग्रवाल, अरबिंद अग्रवाल, हिमांशु अग्रवाल, आशिष अग्रवाल, चेयरमैन उमा अग्रवाल प्रतिनिधि रवि अग्रवाल, बढ्नी चेयरमैन सुनिल कुमार अग्रहरि, लगायत वृहत् रूपमा श्याम भक्त हरूको सहभागितामा शोभा यात्रा निकालिएको थियो। 

शोभा यात्रा राम्रो सँग सम्पन्न होस भन्ने उद्देश्यका साथ इलाका प्रहरी कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुरज खत्री को कमान्डमा खटिएको प्रहरी टोली, तथा सीमा सुरक्षा प्रस्तावित गुल्मका गुल्म पती   सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र  न्यौपानेको कमान्डमा खटिएको टोलीले बर्से झरीमा  सुरक्षा प्रदान गरी रहेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्