सरु सुनार- नेपाली कथानक चलचित्र ” पुजार सार्की ” अमेरिकाको न्यु ह्यमसरमा यहि आउदो आइतबार प्रर्दशन हुने भएको छ । पुजार सार्की; त्यो पनि दलित उत्पीडन, अन्याय र अत्याचारलाई कथावस्तु बनाई सिनेम्याटिक भाषामा प्रस्तुत भएको एउटा अब्बल सिनेमा हो ।
अमेरिकामा क्लोराडो , पेन्सिलभेनिया , टेक्सास लगायत थुप्रै स्टेटमा पुजार सार्कि प्रर्दशन भैसकेको छ भने बोस्ट्न लगाएत अन्य स्टेटमा पनि प्रर्दशनको तयारीमा रहेको छ । अहिलेका चल्तीका सबै स्टारहरूको यस फिल्ममा राम्रो जमघट अर्थात् यो फिल्म आर्यन सिग्देल, प्रदीप खड्का तथा पल शाह जस्ता चर्चित र चकलेटी अनुहार भएका नायकहरूको वरिपरि कथावस्तु घुमेको छ । त्यसपछि महिला पात्रहरूमा अन्जना बराइली र परीक्षा लिम्बू रहेका छन् । न्यु ह्यामसर मा बाक्लो नेपालीको बस्ति भएता पनि बिगतमा नेपाली चलचित्र हेर्न बोस्ट्न , न्युयोर्क पुग्नु पर्ने बाध्यता भएको हुँदा । आफ्नो देशको चलचित्र , नेपाली कला , भाषा , सस्कृति जोगाउन र निरन्तरता दिन प्रयास गरि नेपाली चलचित्रहरु पनि न्यु ह्यामसर मै नेपालीहरुले हेर्न पाउन भनि कोसिस गरेको आयोजक मिग्मा सेर्पा , सुद्दुले बताउनु भयो । पुजार सार्की एउटा सामाजिक बिभेदको विषय भएको हुँदा पनि एकपटक सबै नेपालीले हेर्न समेत आव्हान गर्नु भएको छ।
पुजार सार्कि आउदो जुलाइ २१ दिनको 12.30 देखि 3.00 बजे सम्म उक्त ठेगानामा लाग्दैछ । O’Neil Cinamas, 24 Calef Highway Epping, NH 03042
असमर्थता र थप जानकारीको लागि तल दिएको लिङ्कमा हेर्न सक्नुहुने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।