सरु सुनार – न्युह्यमसर मेन्चेस्टरमा रहेको के .एस किचनमा बिभिन्न संस्थाहरुले सामुहिक स्वागत र समान गरेका छन् ।उक्त कार्यक्रम के एस किचनका संचालक सुमन बुढा,डा . पुजन काफ्ले , जेसन महर्जनको आयोजनामा भएको थियोे ।
कार्यक्रम न्युह्यमसर नेपाली कमिनियुटीका अध्यक्ष लाक्पा सेर्पाको अध्यक्षता साथै प्रमुख आतिथ्यता तेक्वान्दो खेलाडी अन्तरास्ट्रिय गोल्ड मेडल नन्दा बस्यालले गर्नु भएको थियोे । कार्यक्रम सन्चालन भने केएस किचनका संचालक सुमन बुढाले गर्नु भएको थियोे । कार्यक्रममा न्यू ह्याम्सर नेपाली समाजको उपाध्यक्ष माधब गुरुङ ,न्यू ह्यामसायर को चिरपरिचित लोन आफिसर कमल महर्जन ,एनआरएन नेपाली अमेरिकन कलाकार संघका पुर्ब उपाध्यक्ष तथा एनआरएन एनसीसीका पुर्व महासचिब तिलक श्रेष्ठ , एनआरएन न्युह्यमसर च्याप्टरका अध्यक्ष कमल ढुंगाना , सामाजिक अभियान्ता तथा पत्रकार सरु सुनार ,प्रवासि नेपाली मंच अमेरिकाका भिम प्रसाद ओलि , न्युह्यमसरका चिरपरिचित सफल ब्यबसायि बरुण पट्टेल र राम अधिकारी , बिनोद कार्की , बरिस्ठ चलचित्र निर्देशक अनिल सग्रौला , तेक्वान्दो अन्तर्राष्ट्रिय स्वर्णपदक बिजेता राजु नगरकोटि , न्युह्यमसरका रेलटर सुदिप पन्त , न्यु ह्यमसर मेन्चेस्टर डिस्टिक ४० हाउस अफ रिप्रिजेन्टिभका डेमोक्रेटिक पार्टीका उमेदवार सुरज बुढाथोकी , हुक्सेट सिटिबाट हाउस अफ रिप्रिजेन्टिभ डेमोक्रेटिकबाट उमेदवार मदरलासा गुरुङ लगायत बिभिन्न ब्याक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियोे ।
स्वागत तथा संमान कार्यक्रममा उपस्थित अतिथिहरुले नन्दा बस्यालको अमेरिकाको सुखद भ्रमणको कामना सगै वहाँले तेक्वान्दो खेलजगतबाट नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल भएकोमा नेपाल र नेपालीले गर्ब महसुस गरेको र अझैं सफलताको कामना व्यक्त गरेका थिए । नन्दा बस्याल अमेरिका न्यूनजर्सिमा तेक्वान्दो प्रतियोगितामा भाग लिन अमेरिका आएकि हुन । नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनसिपमा दोहोरो स्वर्ण पदक जितिन । अमेरिकाको न्यु जर्सीमा भएको प्रतियोगिताको महिला ५० वर्षमुनिको फ्रि स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा नन्दाले स्वर्ण पदक जितेकी हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी समितिकी सदस्यसमेत रहेकी नन्दाले १० महिनाको अवधिमा जितेको यो तेश्रो स्वर्ण पदक हो । नन्दाले गत साउनमा दक्षिण कोरियामा भएको स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि स्वर्ण पदक जितेकी थिइन् । स्वागत तथा समान कार्यक्रमका तस्बिरहरु :-

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।