‘गाँउलेले सुरु गरे निर्वाचन शिक्षा’



गिरिराज नेपाली
आषाढ ३ , दाङ । आषाढ लागे संगै गाँउघरमा निर्वाचन चटारो मात्रै होईन । खेतीपातीको चटारो पनि सुरु भएको छ । तर घोराही उप–महानगरपालिका ११ हापुरका स्थानिय महिला तथा युवाहरु त्यो दुवै चटारो भन्दा निर्वाचन शिक्षा प्रचारको चटारो वढी छोएको छ ।

ni 3

यही आषाढ १४ गते हुन लागिरहेका आसन्न स्थानिय तहको निर्वाचन लाई शिक्षामैत्र , मतदातामैत्री वनाउन हापृुरका स्थानिय महिला तथा युवाहरु मतदाता शिक्षा प्रचारमा जुटेका छन । तर सरकारले मतदाता शिक्षाका लागि देशव्यापी रुपमा करिव १ महिने मतदाता शिक्षा कार्यक्रम लागु गरिसकेको छ । तर त्यो मतदाता शिक्षा कार्यक्रम प्रत्येक नागरिकहरुको घरघरमा नपुगेको वताउदै आफै गाँउलेहरुले नै सक्रिय हुदै मतदाता शिक्षा कार्यक्रममा सुरु गरेका छन । ईक्वएल एक्सेस नेपाल सहयोग एंव निघुवार रेडियो स्रौता समुहको अगुवाईमा ४ दिने निर्वाचन शिक्षा कार्यक्रम अभियानै रुपमा समुहका सदस्य एंव स्थानिय महिला तथा युवाहरुले आसन्न निर्वाचन लाई बदर मत घटाउन सवै लाई निर्वाचन शिक्षा वारे जानकार गराउन ४ दिवसीय मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको समुहकी अध्यक्ष रमा नेपाली वताईन । उनले भनिन ‘ सरकारले लागु गरेको निर्वाचन शिक्षा कार्यक्रम हामं्रा घरदैलो सम्म आई पुगेन ।’ वृद्ध बा आमा देखी नव मतदाताहरुले यो निर्वाचन शिक्षा वारे कसैले जानकारी पाईनन । त्यही भएर समुहले आफैलै गाँउलेहरुको सक्रियतामा मतदाता शिक्षा कार्यक्रम सुरु गरी नागकिर सुसुचित प्रयासमा लागेको छ ।

ni 4
त्यस्तै समुहकी सहजकर्ता समुहलको अगुवाईमा गाँउलेहरुको सक्रियामा मतदाता शिक्षा कार्यक्रम सुरु गरेका छौ । समुह र स्थानिय गरी करिव २५ जनाले एकदिने मतदाता शिक्षा तालिम लिई अहिले २५ जना नै गाँउभरी नै फैलिएर मतदाता शिक्षा वारेका ज्ञान वाड्दै हिडे्का छौ । उनले भनिन ‘कतिपय मतदाताहरु वृद्ध , अशक्त अपाङ र नयाँ मतदाताहरु रहेकाले उनीहरुले कसरी मतदान गर्ने , कसरी पट्याउने , ईच्छाएको व्यक्ति लाई भोट हाल्दा कसरी हाल्नु पर्छ भन्ने समेत सामान्य जानकारी नभएका उनीहरुको यो ४ दिने मतदाता शिक्षा कार्यक्रम वरदान सावित भएको चौधरीको भनाई छ । स्थानियहरु पनि मतदाता शिक्षा वारे जानकारी पाउदा निकै हौसिएका छन । मतदाता शिक्षाको पहिलो दिने मात्रै हापुर पतेनीका करिव १ सय २० घरधुृरीमा मतदाता शिक्षा वारे जानकारी दिएको थियो । ३ सय घरमा घरदैलो गरी मतदाता शिक्षा वारे जानकारी गराउने स्थानियहरुको लक्ष्य रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्