काठमाडौं। पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ। ८० वर्षीय राय सर्लाहीस्थित आफ्नै निवासमा सोमबार बिहान १ बजे मृत फेला परेका हुन्।
सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार राय आफ्नै एक तल्ले पक्की घरको सुत्ने कोठामा मृत फेला परेका थिए। उनको टाउकोको बायाँ पट्टी भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ। उनको शव सुत्ने खाटको छेउमा उत्तानो अवस्थामा रहेको थियो।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।