भैरहवामा फेरी अर्काे विमान दुर्घटना



सैघाली खबर
काठमाण्डौ ४ चैत्र । भैरहवाको गौतमबुद्ध विमानस्थलमा आइतबार यती एयरको विमान दुर्घटना भएको छ । विमानमा रहेका २६ जना यात्रु चालक दलका सदस्य भने सकुशल रहेका छन .

 

फोटो फाईल

काठमाडौंबाट आएको विमान रन वे मा गुडिरहेका बेला चक्का लग हुँदा विमान दुर्घटनाग्रस्त भएको छ। रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार काठमाडौंबाट ४ बजेर ४० मिनेटमा उडेको जुलेट चार्ली विमान ५ बजे ११ मिनेटमा भैरहवा विमानस्थलमा अवतरण भएपछि दुर्घटनाग्रस्त भएको थियो। विमान दुर्घटनालगत्तै विमानस्थल अहिले बन्द भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्