कम्युनिष्ट र काँग्रेसले मिलेर जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही साबित भयो : प्रधानमन्त्री



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गरेका छन्।

पुष्पलालको ४६ औँ स्मृति दिवसका अवसरमा आज प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र नेपाली काँग्रेसले मिलेर जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही साबित भएको स्मरण गरेका छन्।

‘उहाँले नै सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यसाथ कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो र पार्टी स्थापनाको नेतृत्व गर्नुभयो,’ उनले भनेका छन्, ‘निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिस्ट र काँग्रेसले मिलेर संयुक्त जनआन्दोलन गर्नुपर्ने उहाँको विचार सही साबित भयो।’

विसं २००६ साल वैशाख १० गते पुष्पलालको नेतृत्वमा नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, मोतीदेवी श्रेष्ठसहितले भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्