काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई प्रविधिसँग जोडेर लैजानुपर्ने बताएकी छन्। ललितपुरमा आज आयोजित एक कार्यक्रममा त्यसका लागि पाठ्यक्रम परिमार्जन गर्नुपर्ने र आजको आवश्यकता अनुसारको प्रविधिसँग जोडिने गरी समावेशी पाठ्यक्रम परिमार्जन गर्न अध्ययन भइरहेको भन्दै उनले सुझाव समेत माग गरिन्।
‘शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ, विश्व एआइमा पुगिसकेको अवस्थामा हामीले प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ,’ मन्त्री भट्टराईले भनिन्। शिक्षा र राजनीतिलाई जोड्न नसक्दा शिक्षामा हुनुपर्ने सुधार नभएको उनको भनाई छ।
मन्त्री भट्टराईले शिक्षा दलसँग जोडिएको तर राजनीतिसँग नजोडिँदा सुधार हुन नसकेको बताइन्। ‘सुधारको लागि राजनीति र शिक्षा जोडिनु पर्थ्यो, तर शिक्षा र दलसँग जोडियो, राजनीति र शिक्षा जोडिएन,’ उनले भनिन्, ‘जसले आवश्यक सुधार हुन सकेको छैन।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।