कपिलवस्तु , साउन ११ । सशस्त्र बिओपी इन्चार्ज फेरबदलपछि केही दिनदेखि नेपाल-भारत खुला सिमानाकाबाट व्यापक तस्करी शुरु भएकाे छ ।
जिल्लाकाे भिल्मी , हर्दाैना , खुनुवा लगायतका भारतीय सिमानासंग सटेका बार्डर आउट पाेष्ट ( बिओपी) क्षेत्रबाट व्यापकरुपमा तस्करी भईरहेकाे प्रमाण भेटिएकाे छ ।
सशस्त्र प्रहरी बल सिमानाका हुँदै चाेरि निकासी /पैठारी तथा सिमा स्तम्भ सुरक्षाकालागि प्रत्येक ५ किलोमिटरकाे दुरिमा बिओपीमा खटिएका छन तर दिनहुं प्याज , कपडा , माेटर पार्टस , चिनि , ओेैषधि , जुत्ता चप्पल लगायतका मालसमान अवैधरुपमा नेपाल भित्रिने गरेका छन ।
प्रहरी निरिक्षक सुर्य देवकोटाकाे कमाण्डमा रहेकाे विओपी भिल्मी क्षेत्रकाे खुला नाका कुशहवा, लाेहटी, भिल्मी सतभरा , बन्चाैराबाट मालसामान भित्रिने गरेकाे स्राेतले जनाएकाे छ । त्यस्तै हर्दाैना बिओपीका प्रहरी निरिक्षक संजीव तिवारी पनि निष्क्रिय देखिएका छन । उनकै क्षेत्रभित्र मुजहना , मनिकाैरा , कनघुसरी लगायतका नाकाबाट अवैध मालसामान भित्रिने गरेपनि समात्न सकेका छैन्न । प्रहरी निरिक्षक अर्जुन कुवंर प्रमुख रहेकाे बिओपी खुनुवाकाे रंगपुर , मर्यादपुर ,बांसखाेर हुँदै प्याज,मलखाद , चिनि , कपडा, कुखुरा , जुत्ता लगायतका मालसामान भित्रिदै गरेकाे स्राेतकाे दाबी छ ।
सशस्त्र प्रहरी बलले बिओपी नजिकै का खुला नाका हुदै भित्रिने मालसामान समात्ने व नियन्त्रण गर्ने कुनै कार्यवाही गर्न सकेकाे छैन । केही महिनादेखि सिमानाकामा निर्मित अस्थायी चेकजाँच बिटमा ड्युटीसमेत खटाउन सकेका छैन्न जसले गर्दा झन तस्करी माैलाउदै गएकाे छ ।
खासै व्यासाय नचल्ने कुशहवा बढ्नी (काेटिया) बजार नाका अहिले अटाे,पिकअप,बसमा यात्री बजार गर्न पुग्न थालेका छन । भन्सारकाे समस्या नहुने साथै ड्युटीका प्रहरी र सशस्त्रसमेत मिलिमताेमा सजिलै मालसामान भित्र्याउन सकिने भएकाले साे नाकाबाट झन तस्करी बढ्ना थालेकाे छ ।
तस्करीका मालसमान हुलाकी बाटाे हुँदै हाइवे सम्पर्क बाटाेसम्म पुग्छन र त्यसपछि लामाेदुरिका बसमा हालेर प्रमुख बजारसम्म पुर्याउने गरिन्छ । सभार कपिलवस्तु टाइम्स डटकम।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।