प्रतिष्ठानको विवाद मिलाउँने जिम्मा समन्वय समिति लाई



सैघाली खबर
दाङ , ४ चैत । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद समाधानका लागि समन्वय जिम्मेवारी जिल्ला समन्वय समितिलाई दिएको छ । आईतवार नागरिक समाज सहितको सरोकारवालाको वैठकले पदाधिकारी विचको देखिएको विवाद समाधानका लागि समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली लाई दुईदिनको समय सहितको जिम्मेवारी दिएको हो ।

राप्ती उपक्षेत्रिय अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिविच अस्पताल हस्तान्तरणका सम्वन्धमा सहमति हुन नसक्दा प्रतिष्ठानको कामले गति लिन सकेको छैन । आईतवार नागरिक समाज सहित सरोकारवाला पक्षहरुको विचको बसेको वैठकले पनि कुनै विषय टुङगो लगाउन सकेको छैन ।

उपकुलपति प्रा.डा. संगिता भण्डारीले राप्ती उपक्षेत्रिय अस्पताल हस्तान्तरण नहुदा प्रतिष्ठानको कामले गतिलिन नसकेको बताउनुभयो । अस्पतालले प्रतिष्ठान लाई अस्पताल बुझाउन नमान्दा प्रतिष्ठान काममा असहजता थपिएको उहाँले बताउनुभयो । अस्पताल हस्तान्तरणका लागि मन्त्रालयमा ध्यानकर्षण गराउदा समेत मन्त्रालयले मौन रहेको उहाँको आरोप छ ।

राप्ती उपक्षेत्रिय अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेट डा. जर्नादन पन्थीले अस्पताल नेपाल सरकार मातहतमा सञ्चालन भईरहेकाले अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण गर्न मन्त्रालयले परिपत्र नै गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले आवश्यक परिपत्र सहित अस्पताल हस्तान्तरणका लागि पत्राचार गरेमा मात्रै हस्तान्तरण गर्न सक्ने अडान दोहो¥याउनुभयो ।

प्रतिष्ठानका उपकुलपतिले स्थानीय रुपम समन्वय नै नगरी अघि वढेकाले पनि समस्या सिर्जना भएको वैठकका सहभागीहरुको भनाई थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्