प्रधानमन्त्रीले मन्त्री र कर्मचारीलाई दिए यस्तो निर्देशन



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन कायम गर्नेगरि जनताको हितमा काम गर्न   मन्त्रीहरु, मुख्य सचिव, सचिवहरु र सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन ।

सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर अहिलेको सरकार सामान्य अवस्थाको सरकार नभएको भन्दै जिम्मेवारपूर्ण भएर प्रस्तुत हुन निर्देशन दिएको एक मन्त्रीले जानकारी दिएका छन।

‘यो सामान्य अवस्थाको सरकार होईन, असमान्य अवस्थाको सरकार हो’, ओलीको भनाई उद्धृत गर्दै मन्त्रीले भने, ‘यसमा जिम्मेवारीहरु पूरा गर्नुपर्ने धेरै छ, तपाईहरु बडो जिम्मेवारपूर्ण भएर प्रस्तुत हुनुहोस्।’

वर्तमान सरकारको जिम्मेवारी अन्य सरकारको तुलनामा बढि रहेको बताउँदै प्रधानमन्त्री ओलीले सबैले आ–आफ्नोे जिम्मेवारीमा ध्यान दिन सचेत गराएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्