सरु सुनार – संयुक्त राज्य अमेरिकाको न्युह्यमसरमा पहिलोपटक यति धेरै ख्यातिप्राप्त कलाकार खेम सेन्चुरी ,मिलन नेवार , अञ्जली अधिकारी र राधिका कडेललको बेजोड प्रस्तुति सहित तिज धमाका आउदो सेप्टेम्बर ६ मा हुँदै छ ।
न्यु ह्यामसर मै पहिलो पटक यति धेरै कलाकारको बीचमा हुने यो कार्यक्रम भने पहिलो हो । तिज धमाका ( बबाल इभेन्ट )सेप्टेम्बर ६ शुक्रबार राती ८.०० बजे देखि १२.०० बजेसम्म मेन्चेस्टरको jewel Music venue 61 canal st, manchester NH 03101 मा हुदै छ ।कार्यक्रमको प्रवेश शुल्क 40 dollars रहेको छ ।
कार्यक्रममा मिलन नेवारको फुल बुट्टे सारि साथै तिजको गित , खेम सेन्चुरीको अरेलि काडैले लगायतका गित साथै अञ्जलीको बबाल डान्स , राधिकाको कमेडियन सोले न्यु ह्यामसर धम्पक्कै नाच्ने भएको हुँदा आयोजकले यो अबसर नगुमाउन अनुरोध गरेका छन् । स्यान्क्सको लागि कसैलाई किन्ने आबस्यकता भए ks kichanको विशेष क्यान्टिनको समेत सुबिधा भएको आयोजकले बताए । योजकमा मिग्मा शेर्पा खापा , नमिता पौडेल , सुद्दु , शंकर श्रेष्ठ रहेका छन् ।
नेपालीहरुको बाक्लो बस्ति भएको न्यु ह्यामसरमा केहि बर्ष पहिला नेपाली चलचित्र , नेपाली कलाकारहरुको प्रस्तुति , नेपाली कला सँस्कृतिका कार्यक्रम हेर्न सुन्न बोस्ट्न या न्युयोर्क नै धाउनु पर्ने बाद्यता थियोे । अहिले भने हामीले न्यु ह्यामसर निवासी नेपालीहरुको चाहनालाई मध्यनजर गर्दै नेपाली कला सँस्कृतिलाई जोगाउने र निरन्तरता दिन नेपाली गित संगित तथा नेपाली चलचित्रहरु समेत न्य्ह्यामसरमा देखाउन सुरु गरेको आयोजक मिग्मा सेर्पा र सुद्दुले जानकारी दिए ।
कार्यक्रमबाट राम्रो पैसा संकलन भएमा अमेरिका मै र नेपालमा समेत दुख अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्दै आएको र आगामी दिनमा समेत सहयोग गर्ने मिम्मा शेर्पाले जानकारी दिए | मेन्चेस्टरमा ३ बर्सिय बालकको निधन भए पछि उक्त परिवारलाई सहयोग स्वरुप १००० एक हजार डलर छिटै सहयोग गर्ने समेत बताए ।
आफुहरुले नेपाली , नेपाली कला सस्कृतिको जगेर्ना र निरन्तरता दिन प्रयास गरेकोमा सबै नेपालीहरुको साथ सहयोगको जरुरी र अपेक्षा समेत राखेको आयोजकले बताए ।
रजिस्ट्रेसनको लागि
https://l.facebook.com/l.php?u=https%3A%2F%2Ftinpaisa.com%2Ftinpaisa-events%2Faba-ramaunxa-new-hampshire%2F%3Ffbclid%3DIwZXh0bgNhZW0CMTAAAR1q7QvGREO3DVfa63Emr9qHZ6dEBOEfgS7kGV7nUxBEs0LDVfL31UJ2mnw_aem_NPKinKklkX8BaCklplUsZw&h=AT16Y24EL3tITgQonpXEZXTMgkRoqQn08KgyZB41dwASIWtifnK93U2hOuNjnOt4va79QihDd1kJ7ustksjUi2Xddd9FMZYD913TnhwSQJuqHUzhvZ1QpNAqrgGsgsDLPmMuvE0SUfIEmT2xXVf50A
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।