कपिलवस्तु, कृष्ण नगर । कपिलवस्तु जिल्लाको कृष्ण नगर नगरपालिका वडा नं २ लिंक गेट स्थित बाट ५०५ मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो र मोटरसाइकल सहित दुई जना इलाका प्रहरी कार्यालय कृष्ण नगरको नियन्त्रणमा रहेका छन्।
भारत बाट नेपाल छिर्न लागेका लु। ९४ प। १४७१ नम्बर प्लेटको मोटरसाइकल शङ्का लागि चेकजाँच गर्दा मोटरसाइकल चालक कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ६ बस्ने ३६ वर्षीय कलाम अहमद खां र मोटरसाइकलमा पछाडि सवार शिवराज नगरपालिका वडा नं ६ बस्ने वर्ष २२ का अजय यादव लाई चेकजाँच गर्दा अजय यादवको साथ बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ५०५ मिलिग्राम फेला परेको इलाका प्रहरी कार्यालय कृष्ण नगरका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिएका छन्।
दुवै जनालाई मोटरसाइकल सहित पक्राउ गरी लागु औषध ब्राउन सुगर मुद्दामा कपिलवस्तु जिल्ला अदालत बाट म्याद थप भई थप अनुसन्धान भइरहेको जानकारी इलाका प्रहरी कार्यालय कृष्ण नगरले दिएको छ।
प्रहरी निरीक्षक सुरज खत्री आए देखिनै अवैध कारोबार नियन्त्रण तथा लागु औषधमा संलग्न व्यक्ति लाई पक्राउ गर्दै समाज लाई लागु औषध मुक्त बनाउन विभिन्न समयमा विद्यालयका विद्यार्थी तथा समाजका व्यक्ति माझ विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको स्थानीयले बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।