तुलसीपुर उपमहानगरले सडक मिचेर बनाएका भ¥याङ हटाउने तयारी



सैघाली खबर
दाङ, ५ चैत

तुलसीपुर उपमहानगरपालिले सडक अतिक्रमण गरि राखिएका भ¥याङ् हटाउने तयारी थालेको छ । आइतबार उपमहानगरपालिमा भएको सरोकारवालासहितको बैठकले मंगलबार देखि सडकपेटी मिचेर बनाइएका भ¥याङ हटाउने निर्णय गरेको छ ।

उपमहानगर प्रमुख घनश्याम पाण्डेले मंगलबार देखि सडकपेटी मिचेर बनाइएका भ¥याङ हटाउने गरी काम अघि बढाउन मातहतका कर्मचारीलाई निर्देशन समेत दिईसकेका छन् । प्रमुख पाण्डेले डोजर, ट्रयाक्टर, ट्याङकर लगेर भ¥याङ हटाउन निर्देशन दिईसकेको उनले बताए । बजार व्यवस्थापन कार्यविधि २०७४ लाई टेकेर उक्त कामलाई अगाडि बढार्यएको उनले बताए ।

 

प्रत्येक मंगलबार ग्रिन तुलसीपुर क्लिन तुलसीपुर अभियान अन्तर्गत गरिदै आएको सरसफाईलाई, परिमार्जन गर्दै एक्सनमा जाने तयारी थालिएको हो । प्रत्येक हप्ता बजारबाट निस्किएको फोहरलाई बढारेर मात्रै अभियानले सार्थकता नपाउने भन्दै नगर प्रमुख पाण्डेले जनतलाई अनुभूति हुने गरी काम गर्न थालेको प्रतिकृया दिएका छन् ।

उपमहानगरपालिकाले पसल अगाडि फोहर गर्ने, फोहर थुपार्ने, निर्माण सामग्री राख्ने, सडकपेटीसम्म सामान राख्नेलाई जरीवाना गर्ने उपमहानगरपालिकाका समाजकल्याण अधिकृत टोपबहादुर डाँगीले जानकारी दिए ।

 

तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधी आए देखिनै सार्वजनिक सूचना जारी गरेर दैनिक रुपमा सडकपेटी मिचेर व्यवसाय नगर्न नगराउन र अतिक्रमण गरेर बनाएका संरचना हटाउन आग्रह गर्दै आएको छ । बैठकमा सहभागीले काम गर्न नगरपालिका अघि बढेमा आफूहले साथ दिन तयार रहेको बताएका थिए ।

अहिलेसम्म नगरपालिकाले गर्दै आएका उचित कामलाई सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता उनिहरुले जनाएका थिए ।उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेको अध्यक्षतमा भएको बैठकमा, तुलसीपुर उद्योगवाणिज्यसंघका अध्यक्ष विरु रावत, निवर्तमा अध्यक्ष बिमल रिजाल, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वली, नेपाली कांग्रेसका मुक्ति न्यौपाने, तुलसीपुर वडा नं ६ का वडा अध्यक्ष नवराज लामीछाने लागाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्