कास्की। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले नेपाल कृषि उत्पादनका लागि उपयुक्त स्थान भएकाले कृषि क्षेत्रबाट नै समृद्धि हासिल गर्न सकिने बताएका छन्।
पोखरामा आज आयोजित ‘नेपालमा कृषि क्रान्ति : सम्भावना र चुनौती’ विषयक विचार गोष्ठीमा नेता कोइरालाले भने, ‘सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ।’
युवालाई कृषितर्फ आकर्षण गर्न जरुरी भएको उल्लेख गर्दै उनले आफ्नो परिवारको मुख्य पेसा पनि कृषि नै भएको बताए। नेपालमा थुप्रै कृषियोग्य भूमि भएकाले त्यसको सदुपयोग गर्दै विदेशबाट आयात गरिने खाद्यान्न तथा तरकारीको परिमाण घटाउँदै जानुपर्ने नेता कोइरालाको भनाइ थियो।
‘कृषिमा आत्मनिर्भर हुन सके नेपालको अर्बौं रुपैयाँ नेपालमै रहन्छ,’ उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।