दुई भारतीय हतियारसहित कपिलवस्तुमा पक्राउ



 

 

कपिलवस्तु, ५ असोज

 

जिल्लाको कृष्णनगर नगरपालिका–८ सानो गणेशपुर चोकबाट हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको बेला चेकजाँच गर्नेक्रममा दुई जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको बताउनुभयो । उनीहरूको साथबाट पाँच राउण्ड गोली लोड भएको मेड इन कानपुर लेखेको रिभल्भर नाल एक र एक थान गोलीको खोका समेत फेला परेको उहाँले बताउनुभयो । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश पिपरा गौतम पिकउरा जनुबि महसोन वस्ति बस्ने ३५ वर्षीय प्रितम कुमार र देवापार, देवापार हरनखा बस्तीका २२ वर्षीय सुरज द्धिवेदी रहेको प्रहरी नायब उपरीक्षक वलीले बताउनुभयो ।

सुरजले कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा सो हतियार र गोली बरामद भएको उहाँको भनाइ छ । उनीहरूको साथबाट तीन थान मोबाइल फेनरामाइन इन्जेक्सन थान–३, प्लास्टिकसहित प्याक गरिएको सिरिन्ज थान–२, एम्पुलेक्स पत्ता थान–१, नाम नखुलेको अन्य औषधीको खाली पत्ताहरू समेत बरामद भएको छ । दुवै जना लागुऔषध सेवन गरी लट्टिएको अवस्थामा पक्राउ परेका थिए । घटनाको अनुसन्धान र दुवै जनासँग सोधपुछ भइरहेको प्रहरी नायब उपरीक्षक वलीको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्