ईलाका प्रहरी कार्यालय कृष्णनगरले तीन लाखको किवि भन्सार पठायो



 

कृष्णनगर, असोज ९

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ गल्लामंडी बाट
छ क्युनटल २५ केजी किवि फलफूल बरामद गरेको छ।
भारतबाट अबैध रूपमा नेपाल भित्रियाइएको उक्त किवि बेवारिसे अवस्थामा फेला परेको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए।
पच्चीस वटा बोरामा रहेको उक्त किवि प्रति बोरा २५ केजीको दरले छ क्युनटल २५ केजी रहेको जस्को अनुमानित मूल्य तीन लाख १२ हजार पाचसय रुपया राखेर आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाईएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्