पुरुषले गर्ने काम महिला पनि गर्न सक्छन् भन्ने उदाहरण दिएकी अन्जु 



नवलपुर, असोज १७
” समय निकै बदलिँ सक्यो, पुरुष प्रधान भन्ने पुराना पुस्ताहरुको सोचलाई नयाँ पीढ़ीले छिचोल्दै लगेको पाइन्छ त्यो काम होस वा अन्य कुरा बाट हो समाज निकै बदलिएको छ जसको उदाहरण कावासोती १ रिठ्ठेपानी बस्ने अन्जु बिश्वकर्माले गर्दै आएको पार्लर तथा शैलुन  एक उदाहरण हो ।
महिलाले पुरुषको कपाल काट्न हुँदैन वा पुरुषले गर्ने काम महिलाले गर्नु हुदैन भन्ने मान्यतालाई पछाडी पारेकी छन् अन्जुले ।
अन्जु  कावासोती एक रिठ्ठेपानीमा सामान्य परिवारमा जन्मिएकि हुन, उनको बाल्यकाल त्यही बित्यो, बिस्तारै हुर्कदै गए पछि उनीले भोगेका अनेकौ दुखहरु बाट केही गर्नु पर्छ भन्ने लाग्थ्यो तर आट आउदैनथ्यो, उनिले  हरेक दुख सुख सङ्ग समय बिताउदै गइन सानैमा विभिन्न जिम्मेवारीका कारण पढाईलाई निरन्तरता दिन नसक्दा त्यो कुराले सधै मनमा अशान्ती बनाए जस्तो हुन्छ , पढाइ मानिस को जीवन कै शक्ति हो भन्ने कुरा बताईन हाम्रो टिम  सङ्ग ।
उनको सानै उमेरमा बिबाह भएको रहेछ, उनको विवाह गोरखा भएको रहेछ, जब उनीले बिवाह गरिन उनका श्रीमान एक सामाजिक अभियन्ता भएको कारण श्रीमान सङ्ग नै रहि विभिन्न आयमुलक सिपहरु सिक्ने अवसर पाईन, उनी आफ्नो श्रीमान सङ्गै श्रीमानको कामलाई  लामो समय साथ सहयोग गर्ने मौका पाईन ।उनी भन्छिन  श्रीमानले गरेको काम र उहाहरुले उद्घार गर्नु भएको दिदी   बैनीहरुको जीबनलाई निकै नजिक बाट नियाल्ने मौका पाए ।
सयौ उद्धार भएका महिला दिदी बैनीहरुको जिवनी हेर्दा र उनी आफै त्यसमा प्रत्यक्ष संलग्न हुँदा केही न केही गर्नु पर्छ, केही न केही सिक्नु पर्छ र आत्मनिर्भर हुनु पर्छ भन्ने कुरा अन्जुलाई लागिरह्यो र श्रीमान बाट पनि साथ सहयोग पाईरहिन ।
अन्जुलाई श्रीमानले काम गर्ने अफिस बाट  निकै सहयोग मिल्दै गयो, कहिले ललितपुर गएर सिलाई सिक्न होस, वा सिकि सकेर प्रशिक्षक को भुमिकामा होस, वा सोही संस्थामा कर्मचारीको रुपमा परिचालन भएर होस उनी आफुलाई विभिन्न क्षेत्रमा सरिक गराउने मौका पाईन । बिस्तारै साना बच्चा भएपछी उनीले कामलाई निरन्तरता दिन सकिनन तर पनि आफुलाई कुनै न कुनै कुरामा सहभागी गराईरहिन ।
उनिले विभिन्न किसिमका आर्ट समेत बनाउछिन फुर्सदको समय निकै लोभलाग्दा तस्बिरहरु पनि बनाएका  पायौं  ।
अन्जु नयाँ कुरा सिक्न देखि निकै उत्सुक र सिक्ने इच्छा राख्ने गर्थिन यहि सिलसिलामा  उनीले निकै चुनौतीपूर्ण काम गर्ने निर्णय लिईन, जो त्यति सजिलो थिएन । साना बच्चा, समाजमा कसैले नगरेको काम जसलाई हिम्मत भर्ने काम उनका श्रीमानले दिए भने सिक्ने अबसर भरतपुरमा रहेको चेली नेपालले दियो । उनी पार्लर सङ्गै केटा मान्छेको कपाल काट्ने काम सिकिन । १ बर्ष एउटा कोठामा साना बच्चाहरुलाई छोडेर सिक्न मेरा लागि निकै कठिन थियो तर मैले सिके उनी बताउछिन ।
सिकि सके पछि निकै असहज थियो कसरी गर्ने भन्ने तर अहिले निकै सहज महसुस गरेको छु सबै दाजु भाइ, दिदी बैनी बुवाहरुले हौसला दिनु भएको छ भनी खुसी ब्यक्त गरिन् ।
उनि  हाम्रो टिम सङ्ग कुरा गर्दै गर्दा  मैले राम्रो सङ्ग समय दिन सकेको छैन,  बाबुहरु स्कुल गए पछि फुर्सदको समयको सदुपयोग हुने र सानो किन नहोस आफ्नो ब्यबसाय गर्दा आनन्द हुने  बताईन । आफ्नो ठाउ गाउमा रहेर पैसा मात्र नहेरी एउटा उदाहरण भएर काम गर्ने इच्छा छ आसा छ बच्चाहरु ठुलो भए पछि त्यो पनि पूरा हुनेछ भनेर बताईन ।
सामान्य जीवन शैली सबैलाई माया गर्ने र सबैसङ्ग राम्रो व्यबहार गर्ने अन्जु देखि हामी प्रभावित भयौं, कयौं महिला दिदी बैनीहरु विभिन्न देशमा गएर विभिन्न दुखहरु भोग्नु भन्दा सानो तिनो आफ्नै ठाँउ आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन अन्जु । जे हुन्छ जति हुन्छ त्यतिमा नै खुसी हुने बाचा गरेकी अन्जुको ब्याबसायिक जीवन आगामी दिनमा अझ सफल हुँदै जाओस शुभकामना भन्दै यो हौसला र आटलाई सबैले साथ दिन हामीले पनि अपिल गर्दछौं ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्