चेम्बरअफ कमर्श सल्यान गठन, अध्यक्षमा पुरुषोत्तम न्यौपाने



पुरुषोत्तम न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय चेम्बरअफ कमर्श जिल्ला कार्यसमिती गठन गरिएको छ ।

सरकारलार्इ कर तिर्नेहरूको संस्थागत रूपमा ठुलो संगठन सल्यानमा गठन गरिएको हो।
संगठनको उपाध्यक्षमा अर्जुन शाह, महासचिवमा भुपेन्द्रसिङ वली, सचिवमा शिवराज पाण्डे, कोषाध्यक्षमा ओम प्रकाश शर्मा र सहकोषाध्यक्षमा तेज बहादुर खड्का चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा निर्मला कुमारी केसी, चिरन्जीबी शाह र प्रशान्त सागर हमाल छन ।
जिल्लाको उद्योग, बाणिज्य, यातायात, बैकिंङ, बिमा, कृषि, पर्यटन, सेवा ब्यबसाय आदीको प्रर्बद्धन गर्ने उद्देश्यले चेम्बर्स अफ कमर्श गठन गरिएको अध्यक्ष न्यौपानेले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्