अजय मिश्र, कपिलवस्तु, कार्तिक २३
मैथिली अवधि, भोजपुरी र पहाडी समुदायलाई पर्वले जोडेको छ। केही बर्ष अघि सम्म पूर्वी तराईका केही जिल्लाहरूमा सीमित छठ पर्व अहिले समावेशी बन्दै गएको छ। अहिले तराईका जिल्लाहरूमा समेत विभिन्न जात जातिहरूले समेत मनाउन थाले पछि यो पर्व समावेशी र सांस्कृतिक पर्वकारुपमा विकसित हुँदै गएको हो । सिराहा सप्तरी, पर्सा लगायतका जिल्लाहरू मनाई गरिएको पर्व राजधानी, पहाडी जिल्ला लगायतका अन्य तराईका जिल्लाहरूमा समेत धूमधामसँग मनाउन थालिए पछि यो पर्व धार्मिक सदभावका रुपमा स्थापित हुँदै गएको हो।
देशका विभिन्न जिल्ला लगायत कपिलवस्तुमा पनि छठ पर्व अन्तर्गत शुक्रवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको समापन भएको छ ।जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरूले समेत विहिवार साँझ सूर्यलाई अर्घ्य दिएका छन् ।
कपिलवस्तुको तौलिहवा,बहादुरगंज,महाराजगंज,लगायत जिल्लाका विभिन्न स्थानका जलाशय सिँगारिएको छ । छठ व्रत गर्ने महिला र पुरुषहरूले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई नदी नहर पोखरी वा पवित्र जलाशयमा उभिएर माटोले निर्मित भाडा वर्तन,कनसुप्ति, छिट्टा (बाँस ले निर्मित सामग्री) सहितका भाडा वर्तनमा राखिए कोरा, स्याऊ, ठेकुवा, भूस्बा, खाजा, लड्डू सहितका फलफूल, सामग्रीहरू सूर्य देवतालाई चढाउने गर्दछन् ।
कृष्णनगर नगरपालिका वडा नं १ स्थित पोखरीमा पनि छठ पूजा धूमधामका साथ मनाइएको छ । उक्त स्थानमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह,पूर्व सांसद अभिषेक प्रताप शाह, वडाध्यक्ष कृष्ण कुमार गुप्ता, राहुल मोदनवाल, अरबिंद अग्रवाल, आशिष कौशल, धिरेन्द्र सिंह, लगायतले श्रद्धालु हरूको सांस्कृतिक एकताको पर्व छठमा सामेल भई शुभकामना दिएका छन्। छठको सुरक्षा व्यवस्था मिलाउन इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्री, सशस्त्र प्रहरी प्रस्तावित गुल्म कृष्णनगरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपाने, ट्राफिक प्रहरी कार्यालय कृष्णनगर प्रमुख ट्राफिक प्रहरी नायब निरिक्षक चुरामणी पोख्रैलको कमाण्डमा टोली खटेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।