सैघाली खबर,
तुलसीपुर, ५चैत्र ।
समाजमा वातारणीय शिक्षाको बिकास ( सीड)ले गाउँपालिका परियोजना सुझाब समिति गठन गरेको छ । आईतबार तुलसीपुरमा कार्यक्रम गरी शान्तिनगर र दंगीशरण गाउँपालिकास्तरीय सुझाब समिति गठन गरेको हो । गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा शिक्षा, स्वास्थ्य, कृषि , महिला तथा बालबालिकाशाखाको जिम्मेवारी सम्हाल्दै आएको जनप्रतिनिधि तथा कर्मचारीहरु सम्मिलित समिति गठन गरिएको हो । शान्तिनगर गाउँपापालिकामा अध्यक्ष कमानसिंह डाँगीको संयोजकत्वमा समिति गठन गरिएको छ भने दंगीशरण गाउँपालिकामा अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा समिति गठन गरिएको छ ।
शान्तिनगर गाउँपालिकाको संहसंयोजकमा शिक्षा शाखाका घनश्याम वली, सदस्यहरुमा कृषि शाखाका यामकान्त पाण्डे, महिला तथा बालबालिका शाखाका गुप्ता अधिकारी, वडा नं. ६ का अध्यक्ष पीमलाल वली, ५ का अध्यक्ष गिरीराज बस्नेत, २ का अध्यक्ष फर्साराम डाँगी, १ का अध्यक्ष जंग बहादुर पुनरहेका छन् । त्यस्तै दंगीशरवण गाउँपालिकाको सहसंयोजकमा शिक्षा शाखाका अनिल केसी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा स्वास्थ्य शाखाका बिष्णु केसी, कृषि शाखाका शरु शाह, पशु शाखाका भरत देवकोटा, वडा नंबर २ का अध्यक्ष तुलसीराम देवकोटा, १ का अध्यक्ष श्रीप्रशाद चौधरी रहेका छन् ।
सीडले सञ्चालन गरेका कार्यक्रमहरु प्रभाबकारी बनाउन, समन्वयको भुमिका निर्बाह गर्न, सल्लाह सुझाब दिन, कार्यक्रमलाई उपलब्धीमुलक र पारदर्शी बनाउन सुझाब समिति गठन गरिएको सीडका कार्यक्रम संयोजक माधब चौधरीले बताए ।
‘सीडका कार्यक्रमहरु प्रभाबकारी, ब्यबस्थित र पारदर्शी बनाउन सुझाब समिति गठन गरिएको हो’ उनले भने ‘ कार्यक्रमलाई सफल र मर्यादित बनाउन समितिले महत्वपूर्ण सुझाब दिने छ ।’
सीडले गुणस्तरीय शिक्षामा पहुँच अभिबृद्धि गर्न साबिक धनौरी, गोल्टाकुरी , शान्तिनगर गाबिसमा कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । ती कार्यक्रमलाई अझ प्रभाबकारी बनाउनका लागि परियोजना गतिबिधि तथा बजेटका बारेमा अभिमूखिकरण कार्यक्रम पनि भएको थियो । त्यस अबशरमा सहभागिहरुले शिक्षामा गुणस्तर बृद्धि गर्न शिक्षक दत्तचित्त भएर लाग्नु पर्ने बताएका थिए । साथै सुझाब समितिले शिक्षा क्षेत्रमा क्रियाशिल रहदै आएको सीडका गतिबिधिलाई प्रभाबकारी रुपमा सञ्चालन गर्न मद्धत गर्ने प्रतिबद्धता जनाएका थिए ।
समृद्धिको कडि भनेको शिक्षा भएको भन्दै गुणस्तरीय शिक्षा निर्माणका लागि सीडजस्ता गैरसरकारीसंस्थासंग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । बिद्यालय क्षेत्र सुधारका लागि सबै सरोकारवालाको भुमिका महत्वपूर्ण हुने पनि उनीहरुको भनाई थियो ।
सीडका अध्यक्ष राममोती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सीडका संस्थापक अध्यक्ष तथा कार्यक्रम निर्देशक भागिराम चौधरीलगायतले सीडका कार्यक्रमहरु सुझाब समिति गठन पस्चात अझै परियोजनालाई चुस्त, दुरुस्त बनाउन मद्धत पुग्ने बताएका थिए । गुणस्तरीय शिक्ष निर्माणका लागि महत्वपूर्ण भुमिका रहने उनको भनाई थियो ।
मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम संयोजक माधब चौधरीले स्वागत तथा बिषयबस्तुमाथि प्रकाश पारेको कार्यक्रमको सहजीकरण कार्यक्रम अधिकृत निर्मला महताराले गरेकी थिईन् ।।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।