रोल्पा नगरपालिका प्रमुख केसीलाई राजीनामा दिन नेकपाको उर्दी



५, चैत्र रोल्पा
मगरात स्वायत्त प्रदेश, जिल्ला जनपरिषद् रोल्पाले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको ज्वाई एवं रोल्पा नगरपालिकाको प्रमुख पूर्ण केसीलाई आफ्नो पदबाट राजीनामा दिन दबाब दिएको छ । आज केसीको कार्यकक्षमै पुगेर एउटा सानो घर लुट्नेलाई कारागार र सिंगो राष्ट्र लुट्नेलाई सिंहदरबारको शासक बनाउने यो सत्ताले शहीद तथा बेपत्ताको सपना, उनीहरुको परिवारको आँसुको क्षतिपूर्ति गर्न नसक्ने भन्दै जनपरिषद रोल्पाले राजीनामा माग गरेको हो ।
अहंकार, अराजकता, छलकपट, अन्याय, बेथिति, अपारदर्शी एवं अन्योलता सिर्जना गर्ने तपाईंको शासनको आयु लामो हुँदैनू पत्रमा उल्लेख छ जनता अभाव खप्न सक्छन, अपमान सहन सक्दैनन् त्यसैले अपमानबाट निष्केको आक्रोश भयानक हुनसक्छ । त्यसबेला पश्चाताप गरेर बस्नुबाहेक कुनै उपाय बाँकी रहने छैन । गाउँगाउँमा मन्त्री, सांसद भएर जनताबाट चर्को कर असुल गरेकोमा पत्र मार्फत कडा आक्रोश व्यक्त गर्दै दलाल र भ्रष्टहरुलाई रिझाउने र जनतालाई कज्याउने दुस्स्वप्न त्यागेर राष्ट्र र जनताको हितमा काम गरेर मात्रै जनताका साथी ठहरिन अपील गरिएको छ ।
वैज्ञानिक समाजवादको आधार तयार भएको दावी गर्दै जनपरिषद रोल्पाले चाँडै राजीनामा गरेर जनताको सरकारलाई सहयोग गर्न आग्रह गर्नुका साथै उक्त आग्रहलाई बेवास्ता गरे सम्पूर्ण परिस्थितिको जिम्मेवार हुनुपर्ने चेतावनीसमेत दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्