१८ औं गणतन्त्र दिवसको अवसरमा कृष्णनगरको गोलघरमा नेकपा एमालेको दिप प्रज्वलन



अजय मिश्र, कृष्णनगर, जेठ १५

 

 

कपिलवस्तु जिल्लाको कृष्णनगरको गोलघरमा नेकपा एमाले कृष्णनगर नगर कमिटीको आयोजनामा १८ औं गणतन्त्र दिवसको अवसरमा द्वीप प्रज्वलन कार्यक्रम गरि गणतंत्र दिवस मनाइएको छ।

कार्यक्रममा बोल्दै वक्ता हरूले लोकतांत्रिक गणतंत्र नेपालमा हरेक वर्ग र समुदायलाई आ आफ्नो पहिचान स्थापित गर्न सहायक भएको बताउदै गणतंत्र स्थापना भएको आजको दिन लाई नेपाली जनताहरु हर्षोल्लास का साथ मनाउन आग्रह गरेका थिए।

नेकपा एमाले कुष्णनगर नगर कमिटीको आयोजनामा आयोजित कार्यक्रममा पार्टी नगर अध्यक्ष गोपाल प्यारे चन्देलको अध्यक्षता, नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य एवम् पूर्व मन्त्री अक्वाल अहमद शाहको प्रमुख आतिथ्यता, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य शुशील श्रीवास्तव, प्रदेश कमिटी सदस्य जगदीश गुप्ता तथा कुष्णनगर नगर इन्चार्ज कमरेड शिवप्रसाद जयसवाल जिल्ला कमिटी सदस्य कमरेड अब्दुल माबुद खा वडाध्यक्ष कुष्ण कुमार गुप्ता ,शमशाद खा लगायतको आतिथ्यता कार्यक्रम समापन गरिएको थियो।

नेकपा एमाले नगर सचिव दिपेन्द्र चौधरीले कार्यक्रम सन्चालन गरेका थिए भने कुष्णनगर नगर उपाध्यक्ष समसुल हुदाले दिप प्रज्वलन कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्