न्यायधीशले सम्पत्ती सार्वजानिक गर्ने कानुन बन्छ ः मन्त्री तामाङ



सैघाली खबर
काठमाण्डौ, ५ चैत । कानुनमन्त्री शेरबहादुर तामाङले न्यायाधीशहरुको आचरण कायम राख्नका लागि उनीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने कानुन बनाउने घोषणा गरेका छन्।

सोमबार पत्रकार भेटघाट कार्यक्रममा कानुनमन्त्रीका रुपमा आफूले गर्ने १६ बुँदे कार्यक्रम सार्वजनिक गर्दै उनले न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन बनाउने भनेका हुन्।

तामाङ्ले वडा अध्यक्ष, सरकारका मुख्य सचिव देखि न्यायाधीश सम्मको सम्पत्ति सार्वजनिक गर्नुपर्ने बताएका हुन्।


उनले पत्रकारभेटघाटमा सार्वजनिक गरेको १६ बुँदे कार्यक्रमको १२ नम्बर बुँदामा न्यायाधीशको आचरण कायम गर्न सम्पत्ति सार्वजनिक गर्ने कानुन बनाउने कुरा उल्लेख छ।

अहिलेसम्म न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने कानुन छैन। तर न्यायाधीशमा नियुक्त भएको ६० दिनभित्र सम्पत्तिविवरण बुझाउनु पर्ने कानुन भने छ।

उक्त कार्यक्रममा कानुनमन्त्री तामाङले आफ्नो सम्पत्तिविवरण सार्वजनिक गरेका छन्। उनले आफुसँग ३० तोला सुन, ७० लाख ऋण, काठमाडौँको पुरानोवानेश्वरमा जग्गा र गोकर्णेश्वरमा घर भएको उल्लेख गरे।

कानुनमन्त्री न्यायपरिषद्को पदेन सदस्य हुन्छन्। न्यायाधीशले आचारसंहिता पालना गरेनगरेको हेर्ने निकाय नै परिषद हो।

 

‘न्यायाधीश भएपछि दलको सदस्यता त्याग्नुपर्छ। न्यायाधीश भएर काम गर्नुपर्छ। न्यायाधीश भैसकेपछी पनि दलिय सम्बन्धका आधारमा फैसला भएको छ कि छैन भन्ने हेर्ने कुरा हुन्,’ उनले भने।

नयाँ संविधान अनुसार, अब ४१ वटा नयाँ कानुन बनाउनुपर्ने उनले बताए। ति कानुन बनाउन सम्बन्धित मन्त्रालयहरुलाई आजै निर्देशन दिएको पनि उनले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्