सैघाली खबर
दाङ , ५ चैत । विहिवार देखी शुरु हुन लागिरहेको एस.ई.ई. परिक्षाका जिल्लामा तीन सय ८५ जना विद्यार्थी अयोग्य ठहरिएका छन । विद्यालयमा नियमित हाजिरी ७५ प्रतिशत भन्दा कम परिक्षा रजिष्ट्रेशन फाराम छुट भएकाले विद्यार्थी अयोग्य ठहरिएका हुन ।
जसमा साधारण तर्फ तीन सय ७९ र प्राविधिक तर्फ ६ जना विद्यार्थी परिक्षाका लागि अयोग्य ठहर भएका छन । जिल्ला शिक्षा कार्यालय दाङका अनुसार नियमित तर्फ १० हजार ८सय ८६ नियमति , ईक्जाम्टेड तर्फ चार सय २७ र प्राविधिक तर्फ दुई सय ९७ जनाले परिक्षामा सामेल हुन लागिरहेका जनाएको छ ।
परिक्षाका लागि सवै तयारी पुरा भएको जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले जानकारी दिनुभयो । उत्तरपुस्तिका र प्रश्नपत्र जिल्लमा भित्रिसकेकाले सुरक्षाको व्यवस्थापन सहितका सम्वन्धीत परिक्षा केन्द्रमा पठाउने तयारी भईरहेका मैनालीले जानकारी दिनुभयो ।
परिक्षाका लागि परिक्षार्थीहरु लाई प्रवेशपत्र विरतणको काम सोमवार देखी वितरण सुरु गरिएको छ । मैनालीले यस वर्षका लागि जिल्लमा एक वटा परिक्षा केन्द्र थप गरिएको जानकारी दिनुभयो ।
जिल्ला भरका सवै ईक्जाम्टेड विद्यार्थीहरु सदरमुकामै परिक्षा दिन व्यवस्था सहित एकवटा परिक्षा केन्द्र थप गरिएको उहाँले जानकारी दिनुभयो । गत वर्ष ४२ परिक्षा केन्द्र रहेका थिए । भने यस वर्ष ४३ वटा रहेको छन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।