मुख्यमन्त्रीको गुनासोः आसन भयो , ‘शासन’ भएन



सैघाली खबर
बुटवल , ५ चैत । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले नागरिक लाई सरकारको अनुभुती दिन नसकेको टिप्पणी गर्नुभयो । प्रदेश सरकारका नाममा आसन पाएपनि ‘शासन’ गर्न नपाएको पोखरेलको गुनासो छ । प्रदेशमा प्रर्याप्त पूर्वाधार नभएको र कानुन समेत बनाउन बाँकी रहेकाले अहिले प्रदेश सरकार आसनमा बस्ने काममा मात्रै सीमित भएको उनले बताए ।

‘अहिले प्रदेश सरकार आसनमा बसेको मात्रै छ, शासन गर्न पाएको छैन’ सोमबार एक कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने, ‘प्रदेश सरकारले आफ्ना कानुनहरु बनाइसकेपछि मात्रै शासन  गरेको अनुभूति जनताले गर्न पाउनेछन् ।’

मुलुक कानुन निर्माणको चरणमा रहेको भन्दै उनले कानुन निर्माणपछि मात्रै प्रदेश सरकारका काम कारवाहीहरुले गति लिने बताए । उनले अघि भने, ‘अहिले हामीले प्रादेशीक संरचनाका रुपमा प्रदेश संरचना पाएका छौं तर, एकात्मक राज्यको मनोबिज्ञानलाई संघीयतामा ढाल्ने कुरा आफैंमा चुनौतीपूर्ण छ ।’

भुगोल, समाज र मनोबिज्ञानलाई जोडेर प्रदेश ५ लाई बलियो र समृद्ध प्रदेश बनाइने उनले बताए । पोखरेलले अघि भने, ‘एकात्मक शासन व्यवस्था हामीले छोडिसक्यौं, अब संघीयता छोड्न सक्दैनौ । विकास र समृद्धिको मिसनलाई सफल बनाउन सबै लाग्नुपर्छ ।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्