सैघाली खबर
काठमाण्डौ ५ चैत्र । सभामुख कृष्णबहादुर महरासँग युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको टोलीले भेट वार्ता गरेको छ ।
आज (सोमबार) सभामुखको कार्यालय सिंहदरबारमा इयू निर्वाचन पर्यवेक्षण मिसन प्रमुख तथा युरोपियन पार्लियामेन्टका सदस्य जेलजना जोभ्का नेतृत्वको टोलीले भेटवार्ता गरेको हो ।
भेटमा टोलीले सभामुख महरालाई गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रतिवेदन बुझाएको थियो ।
सो अवसरमा सभामुख महराले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई पर्यवेक्षण गरी सहयोग गरेकोमा इयू निर्वाचन पर्यवेक्षण मिसन टोलीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
जस्तोसुकै परिस्थितिमा पनि नेपालले निर्वाचनलाई स्वच्छ र मर्यादित रुपमा सम्पन्न गरेर नयाँ संविधान बनाउन सफल रहेको भन्दै उहाँले पछिल्लो चुनावले नयाँ संविधान कार्यान्वयनको यात्रा अघि बढाएको बताउनुभयो ।
जोभ्कोका अनुसार भोलि नै युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनले पत्रकार भेटघाट गरी प्रतिवेदन सार्वजनिक गर्ने बताउनुभयो ।
भेटवार्तामा संघीय संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईलगायतको उपस्थिति रहेको रहेको सभामुखका सञ्चार विज्ञ डिल्ली मल्लले जानकारी दिनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।