५३ औ अन्तराष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसको तयारी अन्तिम चरणमा



सैघाली खबर
दाङ,५ चैत्र । ५३ औ अन्तराष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसको तयारी अन्तिम चरमा पुगेको छ । जाति तथा रंगभेद उन्मुलन दिवसका मनाउँन गठित मुल समितिले तलसिपुरमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएको हो । तुलसिपुर स्थित बि.एस. पार्टी प्यालेसमा हुने कार्यक्रमको उद्घाटन सभामुख कृष्णबहादुर महराले गर्ने कार्यक्रम तय भएको मुल आयोजक समितिका संयोजक देवराज विकले जानकारी दिनुभयो ।

 

रंगभेद दिवसका अबसरमा तुलसिपुर उपमहानगरपालिका क्षेत्रका अन्तरजातीय विवाह गरेका जोडिलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको बिकले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै बिकले समाजमा समानता कायम गर्नेका लागि उपमहानरपालिकाले पहिले पटक रंगभेद तथा जाति भेद उन्मुलन दिवस मनाउँन लागेको बताउँनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथी तुलसिपुर उपमहानरपालिका मेयर घनश्याम पाण्डेले २१ औ सताब्दीमा पनि जातका आधारमा हुने छुवाछुत लाजमार्दाे विषय भएको वताउँनुभयो । उपमहानगरपालिकाले निति तथा कार्यक्रम संचालन गर्दा समावेसीका आधारमा गरेको बताउँदै सबै खालका विभेद अन्त्य गर्नका लागि आफुहरु लागेको वताउँनुभयो । पत्रकार सम्मेल मुल आयोजक समिति संयोजक देबराज बिकको अध्यातामा समपन्न भएको थियो । पत्रकार महासंघ दाङका सदस्य जनक नेपालीको स्वागत मतव्य बाट सुरु भएको कार्य संचालन पत्रकार लक्ष्मण बिकले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्